• होमपेज
  • कला /साहित्य
  • कविताः मेरो देश

कविताः मेरो देश

  • बुधबार, साउन ११, २०७९
कविताः मेरो देश

पूर्व मेची भूमि हाम्रो पश्चिम महाकाली
त्यहीँ भूमिमा बसेका छौँ मिलेर नेपाली ।
संघीयतामा देश हुदाँ खुशी छौँ नेपाली
केन्द्र, प्रदेश, स्थानीयमा रमेका छौँ हामी ।।
अनेकतामा एकता हो मूल मन्त्र हाम्रो
हार्दिकता र सद्भावको सन्देश दिने राम्रो ।
अनेकातामा एकता हुँदा विभेद बढ्दो किन ?
तिम्रो हाम्रो दायित्व हो देशको विकास लिन ।।
काखापाखा होइन अव हाम्रो नेपालमा
रोजगारी सवलाई मिलोस् राम्रो नेपालमा ।
अन्यायमा पारिकन रोजीरोटी खोस्नु हुन्न
समन्यायिक व्यवहारमा कोही पनि रुनु हुन्न ।।

चर्चामा

सम्बन्धित समाचार