• होमपेज
  • शिक्षा
  • एसईईको नतिजा सार्वजनिक गर्न परीक्षा बोर्डको बैठक जारी

एसईईको नतिजा सार्वजनिक गर्न परीक्षा बोर्डको बैठक जारी

  • बुधबार, साउन ११, २०७९
एसईईको नतिजा सार्वजनिक गर्न परीक्षा बोर्डको बैठक जारी

काठमाडौँ — सेयर बजारको परिसूचक नेप्सेले फेरि २१ सय अंक नाघेको छ । मंगलबार ४४ अंक घटेर २१ सयमुनि झरेको नेप्से बुधबार फेरि २३.८३ अंक बढेर २१११ अंकमा पुगेको हो । दिनभर उतारचढावका बाबजुत बढेको सेयर बजारमा ३ अर्ब १६ करोड रुपैयाँको कारोबार भयो । कुल १५६ कम्पनीको मूल्य बढ्यो भने १८ को घट्यो, ६ को स्थिर रह्यो ।

ब्यापार बाहेकका सबै उपसमूहहरु बढेका छन् । सो उपसमूहको सूचक १२ अंक घट्यो । बैंकिङ ०.९, विकास बैंक ५६, फाइनान्स ७५, होटल तथा पर्यटन २३, जलविद्युत् ७२, जीवन बीमा ३४, उत्पादन १९, माइक्रोफाइनान्स १०७, निर्जीवन बीमा ४३ र अन्य उपसमूह ३८ अंक बढे । जानाकी फाइनान्स, युनाइटेड मोदी र राष्ट्रउत्थान लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै नेस्डो र जल्पा लघुवित्तको मूल्य करिब १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, अरुण काबेली, गोर्खाज फाइनान्स, नेस्डो लघुवित्त र युनिभर्सल पावर क्रमश: अगाडि रहे ।

चर्चामा

सम्बन्धित समाचार