• होमपेज
  • मनोरञ्जन
  • अस्ताए वरिष्ठ देउडा गायक कडायत

अस्ताए वरिष्ठ देउडा गायक कडायत

  • बुधबार, साउन ११, २०७९
अस्ताए वरिष्ठ देउडा गायक कडायत

अर्थ जङ शाही/बझाङ — वरिष्ठ लोकदेउडा गायक हरिचन्द्र कडायतको मृत्युु भएको छ ।

बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्लामा जन्मेका ५४ वर्षीय कडायतको सेति प्रादेशीक अस्पतालमा बुुधबार मृत्युु् भएको हो । अचेत अवस्थामै धनगढीस्थित नवजीवन अस्पताल पुर्याइएका उनको स्वास्थ्य अवस्थामा सुधार हुन नसके पछी सेति प्रादेशीक अस्पतालमा रिफर गरेको थियो ।

उनको मस्तिष्क घात का कारण मृत्युु भएको सेति प्रादेशीक अस्पतालले जानकारी दिएको हो । कडायत २०५० सालदेखि देउडा गायन सक्रिय रहेका थिए । उनको हालको बसाई गौरीगंगा नगरपालीका वडा नम्बर ९ बनवेडामा बस्तै आएका उनले ‘कर्णालीका भेल’‘यो मुटुको धड्कन’लगायत चर्चित गीतमा आवाज दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार