शुक्रबार, साउन ११, २०८१
  • होमपेज
  • समाचार
  • बिहारका मुख्यमन्त्री नितिश कुमारलाई फेरि कोरोना संक्रमण

बिहारका मुख्यमन्त्री नितिश कुमारलाई फेरि कोरोना संक्रमण

  • मङ्लबार, साउन १०, २०७९
बिहारका मुख्यमन्त्री नितिश कुमारलाई फेरि कोरोना संक्रमण

बिहार — बिहारका मुख्यमन्त्री नितिश कुमार फेरि एकपटक कोरोना संक्रमित भएका छन्। नितिशलाई दोस्रो पटक कोरोना संक्रमण भएको हो। यो वर्षको जनवरीमा उनी पहिलो पटक कोरोना पोजिटिभ देखिएका थिए।

बिहारको मुख्यमन्त्रीको कार्यालयले ट्वीट गर्दै यो जानकारी दिएको हो। ट्विटमा भनिएको छ, ‘उहाँ चिकित्सकको सल्लाहमा होम आइसोलेसनमा हुनुहुन्छ। उनले कोभिड मैत्री सावधानी अपनाउन सबैलाई अपिल गरेका छन्।

नितिश पछिल्ला केही दिनदेखि सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। उनी राष्ट्रपतिको सपथ समारोहमा समेत उपस्थित भएका थिएनन्। पछिल्लो २४ घण्टामा भारतमा १४ हजार ८३० नयाँ कोरोना संक्रमित थपिएका छन् भने ३६ जनाको मृत्यु भएको छ।

चर्चामा

सम्बन्धित समाचार