सुरेशकुमार पान्डे — न “कसै सँग दोस्ती न कसै सँग वैर”स्टासकोबारेमा भन्नु पर्दा यसरी बुझौं।
एकजना हिंदीका लेखक थिए’खुश्वन्त सिहँ’उन्को आदर्श बाक्य थियो”न कहूँ से दोस्ती न कहूँ से वैर”
उन्का लेख धेरै पत्रिकाहरूमा छाप्पिन्थे पञ्जाव केसरीमा आउने लेखहरूलाई कुनै वेलामा मैले पनि अध्यायन गर्ने गर्थें।उन्को लेख राजनीतिकहरूको बिचमा स्वतन्त्र प्रकारको हुन्थ्यो उन्ले कुनै पार्टी बिशेषलाई लिएर भन्दापनि सबै पार्टीका राम्रा वा नराम्रा बिचारको बिष्लेषण र बिवेचना गर्दथे।उनिहरूको राजनीति भनेको बुजुर्वा नै हो तर पनि राष्ट्र भक्तिमा आधारीत लेख हुनेगर्दथे।
अहिलेको माहोलमा आइपुग्दा कत कता उनैको भनाइले प्रतिनिधित्व गरेको जस्तो मलाई लाग्यो।अहिले सरकारले नागरिकता बिधेयक पारित गय्रो,रिस पोख्दैछन राजमो माथी,हिंजो एम सिसी पारित गरे रिस पोखे राज मो माथी बिरोधको लागी बिरोध सेवाए अर्को राजनीति छैन।
पार्टीहरूको चुनावी तालमेल वा सत्ता साझेदारी आदी ब्यबहारले पार्टीहरूलाई आपसमा घालमेल गरायो।त्यो मात्र होइन अहिले कुन कम्युनिष्ट आचरणको हो कुन प्रतिकृयावादी आचरणको हो त्यो छुट्टाउँन पनि सजिलोछैन।हिंजो देशमा राजाको निरंकूश पञ्चायती बिरूद्धमा पनि राजनीतिक पार्टिलाई चिन्न सजिलो थियो तर आज छैन।
अहिले संसदमा भिम रावलको बारेमा कसैले ठिक कसैले बेठिक भन्दै छलफल चलेको वेला एक थरीले संसदको गरिमाका कुरा गरेर भिमरावलले संसदको त्रोहिन वा वेइजत गरेको भनेकाछन भने कतीले उन्ले गरेको कामको प्रसंसा पनि गरेकाछन।
त्यस बारेमा यो पंक्तिकारले आफ्नो बिचार पहिलेनै सार्वजनिक गरेको थियो।कसैलाई खरब ठिक भन्नु भन्दा पहिले त्यँहाको माहोल अबस्थालाई पनि ठिक सँग बुझ्नुपर्छ।
उन्ले संसदको वेइजेत गरेको लाग्नेहरूले गम्भिर भएर अध्यायन गरौं आखिर उन्लाई संसदको गरिमालाई मिच्ने माहोल बाताबरण कस्ले तैयार पाय्रो भन्ने बारेपनि अध्यायन गर्नुपर्छ।
एक जना मानिसले कुनै निस्पक्षिय बाटो छोप्यो भने त्यो कसोगरी सम्भवछ भने अबस्थाको अध्यायन पछिनै हुनसक्छ।अनि निश्पक्षिय बाटोले कुनैन कुनैको पक्षपोषण गर्नेगर्छ त्यसमाइनेमा त्यो निश्पक्षिय हुंदा हुंदैपनि निश्पक्षिय हुंदैन।
मैले त्यही भएर एउटा”स्टेस लेखें”न कसै सँग दोस्ती न कसै सँग वेर’
त्यसपछि केही साथिहरूले पनि आ आफ्नो तर्क राख्नु भयो।
साथिहरूको तर्क बितर्क बाट मलाई एउटा अन्य अनुभव पनि हात लाग्यो त्यो के भने एउटा ब्याक्तीमा साथिहरूका थुप्रै आस्था लुकेका हुन्छन त्यो ब्यबहार भनेको पनि त्यती बढी उचित होइन।हामि ब्याक्तिवादी बनेर नै देश पछि रहेको हुनसक्छ।यो ब्याक्तिवादी बिचार हैवी हुनाले पनि कम्युनिष्ट पार्टी फुटेको फुटेइ गर्छ।
हामिहरू मानिसहौं अनि आज हामि सबै पुंजिवादी ब्यबस्था भित्र पौडियका छौं शंघर्श गरेकाछौं, रमाएकाछौं कयौंले आत्मा त्याग पनि गरेकाछौं जे जे गरेकाछौं पुंजिवादी जगमाथी बसेर गरेकाछौं।कुनै दिन हामि पुंजिको प्रभावमा बहन पनि वेर छैन त्यो अबस्थामा मानवियता पनि गुम्ने खतरा हुन्छ।
पुंजिवादमा बिष पनि पैसाले किन्नुपर्छ अमृत त झनै गरिब मानिसको पहुंच भन्दा अत्याधीक टाडा हुन्छ।
यो ठाउँ र ब्यबस्था बाट कुनै एकजना क्रान्तिकारीले जित्यो वा एकजना दलित देशको सर्वोच्चमा पुग्यो भन्दैमा त्यती खुसि पनि मनाउनु पर्दैन।
अंस्ति भर्खर भारतमा राष्ट्र पतिको निर्वाचन बाट “द्रौपदी मुर्मूले विजय हासिल गरेकी छन।उनि सत्तासिन गठबन्धन एनडी एस बाट भारि मतले विजय भइन।
उनि महिंला मात्र होइनन् दलित महिंला पनि हुँन त्यसैले उन्लाई दलितहरू र महिंलाहरूले बधाई दिएकाछन खुसि मनाएकाछन।भारतमा उनि दोस्रो महिंला रास्ट्र पति हुन,पहिली प्रतिभा पाटेल पनि देशको पहिलो महिंला राष्ट्र पति भएकी थिन।
भारतमा महिंला प्रधान मन्त्री इन्द्रा गान्धीले लामू समय सम्म सत्ता सम्हालिन।तर भारतमा महिंलाहरूको अबस्था दयानिय छ त्यो मात्रै होइन ब्यस्यालयहरूमा महिंलाहरूको खरिद बिक्री पसुतुल्य हुन्छ।
भारतमा सम्बिधानका निर्माता बाबा साहिव भिमराव अम्वेड्कर थिए उनैको नेतृत्वमा कुल दुई बर्स एघार मैना र अठार दिनमै बिसाल भारतको सम्बिधान बनाएकाथिए।तर दलितहरूको अहिलेपनि अबस्था चिन्ताजनक छ।
हाम्रो देशमा मान्ननिय राष्ट्रपति बिध्यादेवी भण्डारी छिन तर महिंलाहरूको हिंशा घटेकोछैन।यि र यस्ता कयौं उधारणहरू बिषय बस्तुहरूले के देखाउलछन भने एक जनाले मात्रै चाहेर केही हुन सक्दैन तर एक एक जनाले चाहे भने धेरै कुरापनि हुन सक्छ।त्यसको लागि नीति चाहिन्छ सिधान्त चाहिन्छ र एउटा विजन चाहिन्छ।जस्तै धरानमा मेरले त्यो अभियान चलाएकाछन र उन्ले तत्कालै पानीको संकट अस्थाई रूपमा भएपनि टारेकाछन।मानिसमा काम गर्ने एउका विजन र जूनून् पनि हुनुपर्छ।
त्यो आर्को आसाको किरण पनिछ जस्तो भारतमा केजरिवाल सरकारले हाम्रो देशका आफुलाई कम्युनिष्ट हौँ भनेर नथाक्नेहरूलाई लोप्पा धसेकाछन।उन्ले देखाएकाछन मानिसमा इच्क्षा शक्ति हुन्छ भने कुनै शक्तिले पनि रोक्न सक्दैन।भारतको सदनमा कुनै वेला साठी पैंसठ्ठि सांसद मार्क्सवादीहरू का हुन्थे तर उन्ले नगरेको काम एउटा केजरिवालको टिमले गरेर देखाएकोछ।यसले के देखाउँछ भने काम गर्ने नियत छ भने असैले पनि रोक्न सक्दैन।ठुला ठुला क्रान्तिकारी गफ लगाएर जनतालाई मुर्ख बनाउँनु भन्दा समाजमा आई परेका झिना मसिना समस्यहरूको समाधन गर्दै जानु राम्रो।तर यती मैले लेख्दा कसैन कसैले मलाई सुधारवादी लेख लेखेको आरोप पनि लगाउन भर छैन।अहिले त राम्रो लाई राम्रो भन्न पनि धेरै सोंच्नु पर्ने पो भयो त आश्चार्यको बिषय।
कहिले काहीं एउटा ब्याक्तीले पनि देशको काया पलट गर्ने आंट राख्यो भने गरेर पनि छाड्छ त्यस्ता पनि छन तर सही काम गर्नेलाई पनि हिलो लगाएर त
यही दलदलमा लतार्दा दुःख लाग्छ।
अहिले त धान खाने मुसा चोट खाने भेगुता पो भएकोछ।राजमोको एकजनाले तमाम असमान सन्धि सम्झौता बिरोध गर्दैछ तर उस्ले सरकारलाई बाहिर बाट समर्थन गय्रो भन्दैमा सबै भाकाजती गलती उसैको उप्र थुपारेकाछन।
त्यसैले पनि “न कहुँसे दोस्ती न कहुंसे वैर”भनेर ति संसदबादीहरूको बिचारलाई स्वागत गरौं त्यो जुन सुकै पार्टीले उठाएको मुद्धा भएपनि राष्ट्रियता र गणतान्त्रिक मुल्य र मान्यतामा आधारित हुनुपर्छ भन्ने बिचारले लेखिएको स्टेस हो।
हामिले कुनै एउटा बिषयलाई निशाना बांधेको होइन परिस्थितिलाई इंकित गर्न खोजेको मात्रैहो।