• होमपेज
  • समाचार
  • बसपार्कको गेष्ट हाउसमा किशोरी बलात्कृत, कञ्चनपुरका युवक पक्राउ

बसपार्कको गेष्ट हाउसमा किशोरी बलात्कृत, कञ्चनपुरका युवक पक्राउ

  • सोमवार, साउन ९, २०७९
बसपार्कको गेष्ट हाउसमा किशोरी बलात्कृत, कञ्चनपुरका युवक पक्राउ

धनगढी — काठमाडौंमा एक १८ वर्षीया किशोरी बलात्कृत भएकी छन्। उनलाई बलात्कार गरेको आरोपमा कञ्चनपुर पुनर्वास नगरपालिका–८ घर भएका २४ वर्षीय राकेश विकलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

राकेशले ती किशोरीलाई काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क मित्रनगरस्थित गेष्ट हाउसमा बलात्कार गरेको प्रहरीले जनाएको छ। उक्त खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

चर्चामा

सम्बन्धित समाचार