• होमपेज
  • समाचार
  • घरभित्र जलिरहेको अवस्थामा भेटियो वृद्धाको शव

घरभित्र जलिरहेको अवस्थामा भेटियो वृद्धाको शव

  • सोमवार, साउन ९, २०७९
घरभित्र जलिरहेको अवस्थामा भेटियो वृद्धाको शव

विराटनगर — आफ्नै घरभित्र जलेर मृत्यु भएको अवस्थामा विराटनगरमा आइतबार साँझ एक जना वृद्धा महिलाको शव भेटिएको छ। विराटनगर महानगरपालिका–९ की ६७ वर्षीया अमराउदेवी कोठारीको शव घरको कोठाभित्र फेला परेको मोरङ प्रहरीका डीएसपी राजन कार्कीले जानकारी दिए।

उनका अनुसार आगोले जलेर वृद्धाको मृत्यु भएको खबर साँझ ७:३० बजेतिर प्रहरीले प्राप्त गरेको हो। वृद्धाका पति विजयसिंह कोठारीले प्रहरीलाई घटनाको जानकारी गराएका हुन्।

विजयले आफू कामको शिलशीलामा बाहिर रहेको र घर पुगेपछि घटना थाहा पाएको बताएका छन्। प्रहरीका अनुसार घटना भएका बेला बुहारीलगायतका परिवारका अन्य सदस्य घरको माथिल्लो तलामा रहेका थिए। घरको माथिल्लो तलामा रहेकाहरुले घटनाका बारेमा थाहा नपाएको प्रहरीलाई बताएका छन्।

कोठाको चुक्कुल भित्रबाट लगाएको र आगोले जलेको अवस्थामा वृद्धाको शव भेटिएको प्रहरीले जनाएको छ। कोठा बन्द गरेर वृद्धा आफैँले शरीरमा मट्टितेल छर्किर आगो लगाएको हुनसक्ने प्रहरीको अनुमान छ। शवनजिकै मट्टितेलको ग्यालेन पनि भेटिएको छ। आगोले शरीर पूर्ण रूपले जलेको छ।

शवलाई पोस्टमार्टमका लागि कोसी अस्पताल लगिएको डीएसपी कार्कीले जानकारी दिए। घटनाका बारेमा विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको उनको भनाइ छ।

चर्चामा

सम्बन्धित समाचार