• होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाले बडिमालिका यात्रा बर्ष सुरु गर्ने

बडिमालिका नगरपालिकाले बडिमालिका यात्रा बर्ष सुरु गर्ने

  • आइतवार, साउन ८, २०७९
बडिमालिका नगरपालिकाले बडिमालिका यात्रा बर्ष सुरु गर्ने

निराजन सिंह — बडिमालिका नगरपालिकाले बडिमालिका यात्रा बर्ष सुरु गर्ने भएको छ । सनिबार बिहान  पत्रकार सम्मेलनमा बडिमालिका नगरप्रमुख अमर खड्काले बडिमालिका यात्रा बर्ष सुरु गर्ने बताएका हुन। बडिमालिकामा आन्तरिक र बाह्य पर्यटक बढाउन बडिमालिका यात्रा बर्ष प्याकेज सुरु गर्ने भएको हो। यो प्याकेजमा बडिमालिका नगरपालिका बडा न ६ का अध्यक्ष कृष्ण खड्काको सन्योजकत्वमा सुरु गरिने भएको छ । त्यस्तै समितिमा २ ८ र ९ का वडा अध्यक्ष क्रमश डम्मर महत चन्द्र थापा र सुर्यकिरण बि क सदस्य रहने गरि समिती बनाइएको नगर प्रमुख खड्काले बताएका छन।
बडिमालिका नगरपालिकाले जिल्ला बाहिरका पर्यटकलाइ सहजीकरण गर्नुका साथै खान बस्नको ब्याबस्था गर्ने र बडिमालिका क्षेत्रलाई उजागर गर्न समिती निर्माण गरिएको बडिमालिका नगरपालिका नि प्रसासकिय अधिकृत रङमल बि क ले बताएका छन।
बडिमालिकालाइ एक प्रसिद्ध पर्यटन क्षेत्रको रूपमा परिचित गर्न बाजुरा जिल्ला भरिका स्थानीय तहका जनप्रतिनिधि संग सहकार्य गरि अगि बड्ने नगरप्रमुख खड्काले बताएका छन ।
“बडीमालीका मन्दिर तथा फाँटसम्म जाने बाटो निकै अप्ठ्यारो पनि रहेको र बाटोको सुविधा नभएका कारण जति पर्यटकको आगमन हुनुपर्ने हो, त्यति हुन सकेको छैन , जिल्ला बाहिरका पर्यटकलाइ बाटो खाना बस्नको सहजीकरण गर्यो भने पनि पर्यटक बढ्न सक्ने ” हेटुले बडिमालिका यात्रा बर्ष सुरु गरिएको नगरप्रमुख खड्काले बताए ।
समुन्द्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको बाजुराको बडीमालीका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसावले पनि महत्वपूर्ण मानिन्छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरु बडिमालिकाका गहना पनि हुन ।
बडीमालीकाको सौन्दर्य भनेकै विशाल फाँटहरु हुन् र जताततै फैलिएका पाटन हुन।
बडिमालिकामा प्रत्येक वर्ष जनैपूणिर्मा दिन ठूलो मेला लाग्ने गर्दछ । बडिमालिका मन्दिरमा दर्शन गरेपछि आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास छ । मन्दिर परिसरबाट आँखै अगाडि देखिने सैपाल हिमालको मनोरम दृश्यले यहाँको सौन्दर्यलाई झनै तिखारेको छ ।
बडिमालिका क्षेत्र धार्मिक मात्र नभई जैविक विभिधता, बन्यजन्तु, जडिवुटी, तथा वाताबरणीय दृष्टीकोणले विषेश महत्व रहेको छ । पर्यटकिय सम्भाबना बोकेका २२ पाटन्, त्रिबेणि, नाटेश्वरी बडिमालिकाका धरोहरका रुपमा परिचित रहेका छन्। बडीमालीका पुग्नका लागि उचित बास बस्ने स्थान नभएका कारण भक्तजन तथा पर्यटकले खानपिन तथा बासको जोहो आफै गर्नुपर्छ ।

नेपालका चार धार्मिक धाम मध्ये बडिमालिका एक धामका रुपमा परिचित रहेको छ । बाटोमा खाने बस्ने व्यवस्था नभएको उक्त क्षेत्रमा जनैपुणीमाको मेला बाहेक अन्य समयमा कमै मानिस घुम्न जाने गर्छन् । बडिमालिकामा जेठमा पर्ने गंगा दशहराका दिनमा सरकारी पुजा हुने गरेको छ । त्यो दिन हेल्किप्टर मार्फत गएर पुजा गर्ने गरेका छन् । मेला भने जनैपूणिर्माको दिनमा लाग्ने गरेको छ । जनैपूणिर्माको दिनमा स्वदेश र भारत बाट दर्शनाथि आउने गरेका छन् । बडिमालिकामा अछाम, बाजुरा र कालिकोटका जिल्ला भएर बडिमालिका जाने गर्छन।

बडिमालिका माईको दर्शन गर्नाले मनको ईच्छा पुरा हुने भएकाले देश बाहिर बाट समेत दर्शनाथि मेलामा आउने गर्दछन। बडिमालिका माईको दर्शन गरेर एक दिन त्रिबेणिमा बास बस्ने प्रचलन रहेको छ । बडिमालिकाको पुजाआज गरेपछि ईच्छाएको बरदान हुने बिश्वासकाले दर्सनाथीहरु आउने गर्छन।

चर्चामा

सम्बन्धित समाचार