• होमपेज
  • समाचार
  • छाडा चौपायासँग मोटरसाइकल ठोक्किँदा धनगढीका दुई जना घाइते

छाडा चौपायासँग मोटरसाइकल ठोक्किँदा धनगढीका दुई जना घाइते

  • आइतवार, साउन ८, २०७९
छाडा चौपायासँग मोटरसाइकल ठोक्किँदा धनगढीका दुई जना घाइते

धनगढी — कैलालीमा छाडा चौपायासँग मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार जिल्लाको गोदावरी नगरपालिका-१, विद्युत कार्यालय नजिक धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको सु.प.प्र.०१–०११ प.४००१ नम्बरको मोटरसाइकलले छाडा गोरुलाई ठक्कर दिएको हो।

शनिबार राति पौने १२ बजे तिरको समयमा भएको दुर्घटनामा चालक धनगढी उपमहानगरपालिका-१० का २९ वर्षीय मोहनराज अवस्थी र पछाडि सवार धनगढी-१३ का २२ वर्षीय रामचन्द्र अवस्थी घाइते भएका प्रहरीले बताएको छ।चालक अवस्थीको अवस्था गम्भीर रहेको बताइएको छ।

दुवै जनालाई पद्मा अस्पताल अत्तरियामा सामान्य उपचारपश्चात थप उपचारको लागि माया मेट्रो अस्पताल धनगढी ल्याइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार