बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरकार्यपालिकाको पहिलो बैठक बस्यो, यस्ता भए निणर्य

बुढीगंगा नगरकार्यपालिकाको पहिलो बैठक बस्यो, यस्ता भए निणर्य

  • शुक्रबार, साउन ६, २०७९
बुढीगंगा नगरकार्यपालिकाको पहिलो बैठक बस्यो, यस्ता भए निणर्य

बाजुरा–  स्थानिय तहको निर्बाचन २०७९ को देशकै सर्भाधिक चर्चाको स्थानिय तहको नगरकार्यपालिकाको पहिलो बैठक बसेको छ । शुक्रबार बसेको पहिलो बैठकले १४ वठा महत्वपूणर् निणर्य गरेको नगर प्रबक्ता हेमराज जैशीले बताए ।
नगरपाकिाको पहिलो निणर्य बिभिन्न बिषय गत समिति र जनतालाई न्यामा पहुच पुगाउन न्यायीक समिति गठन गरिएको छ । दोस्रोमा नगरपालिकाका सूचना प्रभाह गर्न नगर प्रबक्ता को जिम्मेबारी तोकीएको छ । जस्मा वडा नम्बर ६ का वडा अध्यक्ष हेमराज जैशीलाई जिम्मेबारी दिएको नगरप्रमुख रामबहादुर बानियाले बताए ।
तेस्रोमा नगरसभाहल र चमेना गृह निर्माण खाजा खान धेरै टाढा जानु पर्ने र यसरी जादा नागरिकका काम कार्बाहिमा ढिलो सुस्ती हुने भएकोले नगरपालिका भित्रै चमेना गृह निर्माण गरिने निणर्य गरेको प्रबक्ता हेमराज जैशीले बताए ।
चौथोमा नगरपालिकाका जनप्रतिनिधिहरुको एकरुपमा अनुशासनलाई मध्ये नजर गरी कार्यपालिकाका सबै सदस्यहरुले पालिकाको आफ्नै पोषाक गर्ने निणर्य गरेको छ । पुरुष सदस्यको हकमा दाउरा सुरुवाल र महिला सदस्यको हकमा ढाँका चोली सारी र हाप कोट बनाईने जैशीले बताए ।
त्यस्तै पाचौमा नगरपालिकाले सडक आसपासमा रहेका टिनका छाप्रोहरुको ब्यबस्थापन गरिने र नगरपालिका भित्र रहेका उद्योग ब्यबासयीहरुलाई करको दायरामा ल्याएर सुचिकृत गरी मु्ल्यसुची अनिबार्य राख्नु पर्ने निणर्य गरिएको नगर कार्यपालिकाका प्रबक्ता जैशीले बडिमालिका खवरलाई बताएका छन ।
छैटौ नम्बरमा बुढीगंगाको नगर प्रोफाईल तयारी पारिने र मदिरालाई ब्यबस्थापन गर्ने निणर्य गरेको छ । मदिरालाई कसरी ब्यवस्थापन गर्ने र बिक्री बितरण गर्ने भन्ने बिषयमा यो भन्दा पछिका कार्यपालिकाका बैठकहरुमा मापदण्ड बनाएर नगरसभाबाट पास गर्ने गरि निणर्य भएको प्रबक्ता जैशीले बताए ।
सातौमा नगरपालिकाको कार्यलाई चुस्त दुरुस्त राख्न नगरपालिका र भवन निर्माण सम्पन्न भएका वडा कार्यालयमा सिसि क्यामारा जडान गरिने नगरपालिकाले जनाएको छ ।
त्यसै गरी आठौ नम्बरमा नगर उपप्रमुख माया कुवरको संयोजगत्वमा ४ सदस्यीय राजश्व परामर्स समिति गठन गरिएको छ । नौ नम्बरमा आर्थिक बर्ष २०७८/०७९ को आर्थिक बेरुजु सुन्यमा झार्न कार्यदल गठन गरि काम थालिने नगरप्रमुख रामबहादुर बानियाले बताए ।
दशौमा नगर प्रमुख रामबहादुर बानियाका संयोजगत्वमा ५ सदस्यीय राजश्व अनुदान बाडफाड, प्रक्षपोषण खाका तथा सिमा निर्धारण समिति गठन गरिएको छ । त्यसै गरी एघारौ नम्बरमा नगरपालिकामा रहेका करार कर्मचारीहरुको कार्य सम्पादन मुल्याङ्कन सूचकका आधारमा राम्रो काम गर्नेलाई पुरषकृत्त र नराम्रो काम गर्नेको करार म्याद थप नगर्ने निणर्य कार्यपालिकाले गरेको छ ।
बाह्रौ नम्बरमा नगरपालिकाको कामलाई नतिजा मूखी बनाउन नगरपालिका लगाएत १० वटै वडामा सुझाव पेटीका राख्ने सामाजिक सुरक्षा पत्ता भौगोलिक कठीनाईका कारण वडा कार्यालयबाट बितरण गर्ने निणर्य गरेको छ ।
त्यस्तै तेह्रौमा नगरपालिकामा समान शिक्षा प्रणाली लागु गर्ने शिक्षक दरबन्दि मिलान कार्यदलत तयार गरेर दरबन्दि मिलान गर्ने र चाैधौ नम्बरमा कार्यपालिका सदस्यहरुले आफुले गर्ने कामको १० बुदे स्वघोषणा पत्र जारि गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार