• होमपेज
  • समाचार
  • चट्याङ लागेर ५० बाख्रा मरे

चट्याङ लागेर ५० बाख्रा मरे

  • शुक्रबार, साउन ६, २०७९
चट्याङ लागेर ५० बाख्रा मरे

काठमाडौं — हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिका-२ मा ५० भन्दा बढी बाख्रा मरेका छन् भने एक जना घाइते भएका छन्।

रिपको खानी भन्ने स्थानको खर्कमा बाख्रा लगेका बेला परेको चट्याङमा परेर दुई जनाका ५० बढी बाख्रा मरेको सर्केगाड-२ का वडाध्यक्ष सिद्ध कार्कीले बताए। वडाध्यक्ष कार्कीका अनुसार चट्याङले घाइते भएका छक्का कार्कीको अवस्था अहिले सामान्य छ। खर्कमा अचानक परेको चट्याङमा परी स्थानीय कार्की र लुड्प्या महताराका ५० बढी बाख्रा तथा दुई गाई गोरु मरेका छन्।

चर्चामा

सम्बन्धित समाचार