मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुरामा करार कर्मचारी हटाएप्रति नेकपा विप्लवको ध्यानकर्षण

बाजुरामा करार कर्मचारी हटाएप्रति नेकपा विप्लवको ध्यानकर्षण

  • बिहिबार, साउन ५, २०७९
बाजुरामा करार कर्मचारी हटाएप्रति नेकपा विप्लवको ध्यानकर्षण

बाजुरा — नेपाल कम्युनिष्ट पार्टी विप्लवले बाजुराका स्थानिय तहमा हटाइएका करार कर्मचारी प्रति गम्भिर ध्यानकर्षण भएको बताएको छ । जिल्ला सेक्रेटरी भुप्रेन्द्र विक अर्थात एन्डिजले सामाजिक सञ्जालमा लेख्दै आफ्नो पाटिको ध्यान गएको जनाएको छ ।
सामाजिक सञ्जालमा लेख्दै एन्डिजले भने बाजुरा जिल्लाका केहि नगर र गाउँपालिका हरुले राजनीतिक आस्थालाइ आधार बनाइ बिगत गाबिस बाटै करारमा काम गरिहेका कर्मचारीलाई हटाएको जनाएको छ । लामो समय देखी जागिर गर्दै आएका कर्मचारि लाइ सधाका लागि अयोग्य बनाउने कोसिस गरेको प्रति हाम्रो पार्टि नेपाल कम्युनिस्ट पार्टि बाजुरा को ध्यान गएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
बाजुराका स्वामीकार्तिक खापर गाउँपालिका, बुढिनन्दा र बडिमालिका नगरपालिकामा करार कर्मचारीको म्याद थप नगरेको पाइएको हो । स्वामीकार्तिक खपार गाउँपालिकामा नेपाली काँग्रेसले जितेको छ भने बुढिनन्दा र बडिमालिकामा नेकपा एमालेले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार