• होमपेज
  • समाचार
  • बोरिङ खन्दा राजधानीको जोरपाटीमा ग्यास निस्कियो

बोरिङ खन्दा राजधानीको जोरपाटीमा ग्यास निस्कियो

  • मङ्लबार, साउन ३, २०७९
बोरिङ खन्दा राजधानीको जोरपाटीमा ग्यास निस्कियो

पानीका लागि बोरिङ खन्दा राजधानीको जोरपाटीस्थित चामुण्डामा ग्यास निस्किएको छ । स्थानीय सन्तबहादुर लामाको घरमा पानीका लागि बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो । प्रत्यक्षदर्शी केशव कुँवरका अनुसार पानीका लागि बोरिङ खन्ने क्रममा सोमबार बिहान १०ः१० बजेदेखि उक्त स्थानबाट ग्यास निस्किएको हो । बालुवा र लेदोसहित निस्किएको ग्यास करिब ५० मिटर माथिसम्म पुगेको कुँवरले बताए । रातोपाटीलाई प्राप्त भिडियो फुटेजमा ग्याससहितको मुस्लो माथिसम्म पुगेको देखिन्छ ।

प्रहरी र स्थानीयले दुर्घटना हुन नदिन त्यस क्षेत्रमा आगो बाल्न दिएका छैनन् । राजधानीका विभिन्न स्थानमा यसअघि पनि बोरिङ खन्ने क्रममा मिथेन ग्यास निस्कने गरेको समाचार सार्वजनिक हुने गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार