शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सेलिब्रेटी
  • फिल्म ‘राधा’को तीज गीत ‘पाउमा पाउजु’मा सृष्टि र प्रियंका (भिडिओ)

फिल्म ‘राधा’को तीज गीत ‘पाउमा पाउजु’मा सृष्टि र प्रियंका (भिडिओ)

  • मङ्लबार, साउन ३, २०७९
फिल्म ‘राधा’को तीज गीत ‘पाउमा पाउजु’मा सृष्टि र प्रियंका (भिडिओ)

सुर्वण थापाले निर्देशन गरेको फिल्म ‘राधा’को तीज गीत सार्वजनिक भएको छ। साउनको पहिलो सोमबारको अवसर पारेर ‘पाउमा पाउजु छैन बरिलै’ बोलको गीत सार्वजनिक गरिएको हो। सज्जा चौलागाईं र स्वस्तिका ढकालको स्वर रहेको गीतमा अभिनेत्री सृष्टि श्रेष्ठ र प्रियंका कार्कीको नृत्य छ।

सिर्जना खत्रीको शब्द रहेको गीतमा कालीप्रसाद बास्कोटाले संगीत भरेका छन्। यो गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्।

निर्देशक सुवर्ण र अभिनेता सौगात मल्ल निर्माता रहेको फिल्ममा सृष्टिसँगै सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्य देव, बुद्धि तामाङ, पशुपति राई, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ। यो फिल्ममार्फत अभिनेता सौगात मल्ल निर्माताको रुपमा डेब्यू गरेका हुन्।

फिल्ममा दयाहाङ राई र निश्चल बस्नेत अतिथि भूमिकामा छन्। नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन्।

यो फिल्म भदौ १० गतेदेखि प्रदर्शन हुँदैछ।

चर्चामा

सम्बन्धित समाचार