सुरेशकुमार पान्डे — जस्तै-जस्तै तिजी पर्व नजिकिंदैछ उस्तै समाजमा महिंला हरूको चहल पहल बढ्दै गएको आभाष हुन्छ।त्यो मात्र होइन बजारमा पनि त्यसको प्रभाव पर्दछ।
बिगतका दिनहरूमा भन्दा अहिले तिजी पर्व मात्र होइन अन्य पर्वहरूमा पनि धेरै फरक देखिन्छ।पश्चिमी संस्कार भने सबै मेला पर्वहरूमा छिटपुट रूपमा कतैधेरै कतै थोरै देखिन्छ।तिजी पर्व सदियौं देखून महिंलाहरूको पर्व भनेर चिन्निन्छ यो पर्वमा महिंलाहरूले बर्ष दिन सम्मको आ आफ्ना तितामिठा अनुभवहरूलाई गित र नृत्यमा प्रस्तूत गर्छन, ब्यांङ्ग्य गर्छन र मनोरञ्जन गर्छन। एकदिनको मनोरञ्जनले बर्षभरीको दुःख पिरमर्का र थकाई मेट्ने प्रयास गर्छन त्यो एउटा पक्षयहो।
तर कयौं धनी महिंलाहरूले आ आफ्ना महंगा गहना पोषाकको प्रदर्शन गर्ने र ठुला ठुला होटेलहरूलाई बुकगरेर भोज भतेर गरेर पनि मनाएका हुन्छन।
केही बर्ष यता गरिब महिलाहरूमा पनि यो प्रचलन आएको देखिन्छ।हरिया साडी हरिया चुरा अनि गहनाले आफुलाई सझाएर तिज मनाउने प्रमपरानै भएकोछ।पुरूषहरू बिदेशमा आ आफ्नो परिवारको खुसिका लागी कयौं अपमान र अपहेलित भएर तुच्छ भन्दा तुच्छ काम गर्न बाध्य हुन्छन जसरी तसरी कमाएर उज्वोल भबिस्यको लागी पठाएको पुंजी घरमा महिंलाहरूले अरूको देखासिखी गरेर मोज मस्ति गरेर उडाएका पनि थुप्रै उधारणहरू देखिन्छन।
एकातिर महिंला भएकोमानै समाजमा उनिहरू प्रती लैङ्गिय बिभेद बिद्धमानछ,महिंलाहरू माथि बलात्कार हिंशा बढ्दै गयकोछ त्यसको बिरोध गर्ने, संगठित हुनुको साटो आफै कटपुतली जस्तै सिंङ्गारीएर आफैले आ आफ्नो उपहाश गरेका हुन्छन।
हामीले कयौं पटक आज्माएकाछौं आठ मार्चको अन्तरराष्ट्रिय श्रमिक महिंला दिवसको पर्वमा जोड्लगाएर पनि केही गिनेचुनेका महिंलाहरू जुटेका हुन्छन तर तिजी पर्वमा भने कसैलाई बोलाउनै पर्दैन स्वंत महिंलाहरूको ब्यापक जमघट हुन्छ सारा काम छाडेर उनिहरू जुट्छन।
बुजुर्वा तिजी पर्वले महिंलाहरूले कति धेरै प्रभावमा पारेकोछ भन्नेकुरा त्यँहा बाट प्रष्ट हुन्छ।यद्यापी आठ मार्चले महिंलाहरूलाई आ आफ्नो हक हितको लागी शंघर्श गर्ने प्ररेणा दिन्छ भने तिजी पर्वले उनिहरूलाई बुजुर्वा बन्धनमा नै सधैकालागी बांधेको हुन्छ तर पनि त्यसबारे उनिहरूले बुझ्न सकि राखेका हुंदैनन्।
आजको द्वौरमा जंहा विज्ञानले आकास पत्तालमा खोजबिन गरेर सहि र तथ्य बिषयको पत्ता लगाउँदैछन,संसारका महिंलाहरू चन्द्रमाको सयर गरेर फर्किएकाछन प्राकृति जगतमा हुने उथलपुथलको बारेमा खोजबिन गर्दैछन तर हाम्रो समाजमा अंझैपनि हरिया चुरा हरियो साडी लगाएर महिंलाहरूले आफुलाई सझाएकै हुन्छन।समाजमा जातिय बिभेद ज्युंदैछ,लैङ्गिय बिभेद र हिंसा बढिरहेकोछ।पुरूषहरू को आश्रृतमा अहिलेपनि महिंलाहरू बांचेकाछन।स्वाभिमानी स्वाभिलम्बी कुन चराको नामहो त्यो अंझैपनि थाहा छैन।मात्र पुरूषको दिलको धड्कन भएर उनैमा निर्भरछन।पुंजीवादी हरूले महिंला लाई मोड्लिङ्ग र शुन्दरी प्रतियोगिता अनि समान बिक्रि गर्नको लागी उनिहरूको नङ्गता प्रदर्शन वेहिचकिच गर्दै आएकाछन।
हुन त यो चराचर जगतमा मानवको बिकास भनेको महिंला र पुरूषहरू दुबैजनाको बराबरी भूमिका हुन्छ तर किन यो आधा धर्ति र आधा आकासलाई अंझैपनि आर्को दर्जाको ठान्दछ समाजले र उनिहरूले पनि सहर्ष स्विकारगर्छन त्यो बुझ्नै पर्छ।
यस्तो पनि होइन समय समयमा महिंलाहरू आन्दोलन नगरेको, उनिहरूको अढाई तिन बर्ष समँमको लामू आन्दोलन बाट वेला वेलामा फाइदा पनि भयकोछ।जस्तै देउकी प्रथाको अनत्य र सति प्रथाको अन्त्य पनि त उनिहरूकै लामू बलिदानी पूर्ण शंघर्ष को परिणाम हो।जब हामिलाई थाहाछ हाम्रो मुक्ती भनेकै शंघर्शमा अनतर्निहितछ तर पनि हामीले शंघर्श को बाटोमा भन्दा क्षाणिक मोज मस्तिमा समय लगाएका हुन्छौँ।तिजी पर्वको द्वौरान बिदेश बाट करडौं रूपियाको यिनै चुरा मेहदी र अन्य सामाग्रिमा देशको धन बिदेश जाने गर्छ त्यसकारणले पनि जो चिज स्वदेशमै उत्पादनछ वा उपलब्द हुन्छ त्यसैमा आ आफु रमाउँन सिकौं ताकी देशको राज्यस्व बिदेश नजावस्।
हामि सबैलाई थाहा भएको कुराहो अहिले देशले आर्थिक अभाब झेल्नु परेकोछ।
बिदेशी बस्तुहरूले देशको बजार ओगटेकोछ आफ्नो देशमा उत्पादन छैन यो अबस्थामा हामिले गरेको अनाबस्याक बिदेशी बस्तुहरूमा खर्चले झन राष्ट्रियतामा पनि असर पुग्नेछ।अहिले हामी जुनसुकै मेलापर्वलाई पनि प्रगतीसिल प्रकारको कम खर्चिलो गरेर मनाउँनुपर्छ यही समयको माग भएकोछ।