• होमपेज
  • राजनीति
  • जिल्ला समन्वय समिति बाजुराकाे प्रमुखमा एमालेबाट रोकाया सिफारिस

जिल्ला समन्वय समिति बाजुराकाे प्रमुखमा एमालेबाट रोकाया सिफारिस

  • आइतवार, साउन १, २०७९
जिल्ला समन्वय समिति बाजुराकाे प्रमुखमा एमालेबाट रोकाया सिफारिस

बाजुरा–जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एमाले बाजुराले तुलसीराम रोकायालाई सिफारिस गरेको छ । ९ पालिका मध्ये ६ स्थानिय तह एमालेले जितेसँगै बाजुरा जिल्ला समन्वय समिति एमालेको  बहुमत हुने भएको छ ।
नेकपा एमाले जिल्ला कमिटिले समन्वय समितिको प्रमुखमा रोकायाको नाम सिफारीस गरेको एमाले बाजुरा उपसचिब हरि बहादुर रोकायाले बताएका छन् । जिल्ला समन्वय समिति प्रमुख उपप्रमुख गरि ९ जनाको हुने गरेको छ ।
प्रमुखमा सिफारीस भएका तुलसीराम नेकपा एमाले जिल्ला कमिटि सचिबालय सदस्य हुन् । उनले गौमुल गाउँपालिका वडा नम्बर ६ बाट वडा सदस्य निर्वाचित भएका थिए । प्रमुखमा तुलसीराम रोकाया र हिक्मत थापाको चर्चा रहेको थियो । एमाले जिल्ला कमिटिले रोकायाको नाम सिफारीस गरे सँगै रोकाया प्रमुख हुने भएका छन् ।
बुढिगंगा, बडिमालिका, बुढिनन्दा नगरपालिका, जगन्नाथ गाउँपालिका र गौमुल गाउँपालिका प्रमुख उपप्रमुख एमाले जितेको छ । खप्तडछेडेदह गाउँपालिकामा प्रमुख र हिमाली गाउँपालिका उपप्रमुख एमालेले जितेको छ । त्रिबेणी नगरपालिका र स्वामीकाकार्तिक खापर गाउँपालिका प्रमुख उपप्रमुख काँग्रेसले जितेको छ । त्यस्तै खप्तडछेडेदह गाउँपालिकामा उपप्रमुख र हिमाली गाउँपालिका प्रमुख काँग्रेसले जितेको छ । जिल्ला समन्वय समितिको निर्वाचनको कार्यतालिका निकाल्ने तयारीमा रहेको निर्वाचन कार्यलय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार