शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • मालीको राजधानी नजिकै आक्रमण, ६ जनाको मृत्यु

मालीको राजधानी नजिकै आक्रमण, ६ जनाको मृत्यु

  • आइतवार, साउन १, २०७९
मालीको राजधानी नजिकै आक्रमण, ६ जनाको मृत्यु

एजेन्सी — मालीको राजधानी बामाको नजिकै सडक चेकपोस्टमा आक्रमणमा भएको छ। आक्रमणमा छ जनाको मृत्यु भएको छ। मालीको सुरक्षा मन्त्रालयले जनाएअनुसार सो दुर्घटनामा दुई जना घाइते भएका छन्।

राजधानी बामाकोबाट करिब ७० किलोमिटर पूर्वमा रहेको जान्तिगुइलाको सडक चेकपोस्टमा हमला हुँदा उक्त दुर्घटना भएको मन्त्रालयले जनाएको छ। आक्रमणमा घाइते हुनेहरूमा दुई महिला, एक प्रहरी र तीन सर्वसाधारण रहेका छन्। तर आक्रमण कसले गरेको हो भन्ने हालसम्म खुलाइएको छैन।

जुनको शुरुमा, दक्षिणी मालीको कौटियाला सडक चेकपोस्टमा यस्तै आक्रमण हुँदा आठ जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए। मालीले सन् २०१२ देखि सुरक्षा, राजनीतिक र आर्थिक सङ्कटको सामना गरिरहेको छ। विद्रोह, जिहादी आक्रमण र अन्तर९सामुदायिक हिंसाले हजारौंको यहाँ ज्यान गएको छ भने हजारौं विस्थापित भएका छन्।

चर्चामा

सम्बन्धित समाचार