शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • श्रीलङ्का सङ्कट : पूर्वप्रधानमन्त्री र पूर्वअर्थमन्त्रीलाई देश छाड्न प्रतिबन्ध

श्रीलङ्का सङ्कट : पूर्वप्रधानमन्त्री र पूर्वअर्थमन्त्रीलाई देश छाड्न प्रतिबन्ध

  • शनिबार, असार ३२, २०७९
श्रीलङ्का सङ्कट : पूर्वप्रधानमन्त्री र पूर्वअर्थमन्त्रीलाई देश छाड्न प्रतिबन्ध

एजेन्सी — श्रीलङ्काको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्वअर्थमन्त्री बासिल राजपाक्षेलाई देश छाड्न प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ।

बासिल राजापाक्षेले केही दिनअघि श्रीलङ्का छाडेर जाने प्रयास गरेका थिए तर विमानस्थलका कर्मचारीले उनलाई विमानसम्म जान दिएका थिएनन्। त्यसपछि श्रीलङ्काको सर्वोच्च अदालतले दुवै नेतालाई जुलाई २८ सम्म देश छाडेर जान प्रतिबन्ध लगाएको हो।

यसअघि श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर सिङ्गापुर पुगिसकेका छन्। उनले सिङ्गापुरबाटै इमेलको माध्यमबाट राजीनामा दिएका छन्। सिङ्गापुर सरकारले गोटाबाया राजापाक्षे त्यहाँ पुगेपछि लागेको आरोपहरूको खण्डन गर्नका लागि स्पष्टीकरण नै जारी गरेको छ। राजापाक्षेलाई कुनै राजनीतिक शरण दिएको नभइ उनी व्यक्तिगत भ्रमणका क्रममा त्यहाँ पुगेका जनाएको छ।

यसैबीच श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले अन्तरिम राष्ट्रपतिको रूपमा शपथ लिएका छन्। अन्तरिम राष्ट्रपति पदको शपथ लिँदै रनिल विक्रमासिङ्घेले दुई वटा महत्त्वपूर्ण घोषणा गरेका छन्। राष्ट्रपतिलाई सम्बोधन गर्न ‘महामहिम’ शब्द निषेधित गरेको र राष्ट्रपतिको झण्डा हटाउने निर्णय गरेको उनले विज्ञप्तिमा भनेका छन्।

चर्चामा

सम्बन्धित समाचार