• होमपेज
  • समाचार
  • जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

  • शनिबार, असार ३२, २०७९
जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

कास्की — जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ परेका छन्। पोखरा महानगरपालिका ८ न्यूरोड डेरा गरी बस्ने सोही महानगरपालिका २६ लेखनाथ घर भएका ३२ वर्षीय नविन गौचनको कोठामा जुवातास खेलिरहेको अवस्थामा गौचन समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई नगद २ लाख ५३ हजार रूपैयाँ र २ सय ८ पत्ती तास सहित फेला पारी पक्राउ गरेको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

चर्चामा

सम्बन्धित समाचार