• होमपेज
  • समाचार
  • नेपाल नागरिकता विधेयक पहिलो संशोधन २०७९ पारित

नेपाल नागरिकता विधेयक पहिलो संशोधन २०७९ पारित

  • शुक्रबार, असार ३१, २०७९
नेपाल नागरिकता विधेयक पहिलो संशोधन २०७९ पारित

काठमाडौं  — प्रतिनिधि सभाबाट नेपाल नागरिकता (पहिलो संशोधन विधेयक) २०७९ पारित भएको हो।

सो विधेयक बुधबार गृहमन्त्री बालकृष्ण खाडले सदनमा प्रस्तुत गरेका थिए।

सो विधेयकमाथि बिहीबार र शुक्रबार दफावार छलफल भएको थियो। आज दफावार छलफल सकिएपछि सभामुख अग्निप्रसाद सापकोटाले पारित भएको घोषणा गरेका हुन्।

पहिले नै संसदमा टेबुल भएको नागरिकता विधेयक मन्त्रिपरिषद बैठकले फिर्ता लिएर पुन: संसदमा टेबुल भएको थियो।

चर्चामा

सम्बन्धित समाचार