सुरेशकुमार पान्डे — प्रदेश एक लाई किरात,लिम्बुवान कोचिला(किलिको)को नाम करण नगरे ससस्त्र आन्दोलन गर्ने धम्कि दिएकाछन।त्यो उन्को माग कति ठिक कती वेठिकछ त्यो छुट्टै पक्षहो तर मूल रूपमा उन्ले दिएको धम्किनै हो।
जनताले कुनैपनी बिषयलाई लिएर माग गर्ने गर्दछन तर सरकारले उनिहरूको जायज मागपनि अनदेखी गरेर लाठी चार्ज गर्ने जुलुस तितरबितर पार्ने र जेल हाल्ने यहां सम्मकी गोलि ठोक्ने सम्म गर्दै आएका कयौं उधारणहरू भेट्टिन्छन।तर माओवादीको कथित जनयुद्ध सञ्चालन बाट मूलधारमा आएका मन्त्री बनेका समेत पार्टी टुक्राउँदै ससस्त्र युध्दको वार्गेनिङ्ग दिने र ससस्त्रको धम्कि दिएर सरकारलाई हात लिने वा जनतामा आतङ्क फैलाउने काम पनि भएकोछ।अहिले त्यही माओवादीको मन्त्री समेत बनेका माओवादी समरक्षक भनिने गोपाल किरातीले पनि आफ्नो माग पुरा नभय ससस्त्र आन्दोलनको थालनी गर्ने बिचार मिडियाहरूमा आएकोछ।
के जस्को माग पुरा भएन उसले बन्दुकको धम्कि दिएर माग पुरा गराउंनेहो?यो सम्बैधानिक अधिकार हो?
अहिले सम्म देशमा आतङ्क फैलाउने,जनतामा खोफ सिर्जना गराउने र कुर्चि ऐंठ्ने खेलमात्र भएकोछ।सांचैभन्दा राजनीति पार्टीहरूले आफ्नो जिम्मेवारी र देशप्रतिको कर्तव्य बारे थाहानै छैन।केही बर्ष पहिले राजमोले संघियताको बिरोधमा काठमाण्डौमा आन्दोलन गर्दा कसैका टाउका फुटे कसैका नाक काटीए कसैका खुट्टा भांचिए त्यो वेला गोपाल किरातीले सान्तिपुर्वक गरेको आन्दोलन लाई गयर कानूनी र असम्बैधानिक भन्दै राजमोलाई प्रतिबन्द लगाउने मागेका थिए।अहिले उनैले आफ्नो माग पुरानभय ससस्त्र आन्दोलन गर्ने धम्कि दिएकाछन के यो बैधानिक बिचार हो?
नेपालमा एउटा राजमो यस्तो पार्टीहो जसले देशको अहितमा आएका तमाम बिषय बस्तुहरूलाई जनताको माझमा लगेर त्यस्को फाइदा वेफाईदा बारेमा छलफल चलाउँदै आयो,आफ्नो गठनकाल देखि राष्ट्रियता गणतन्त्र र जनजिविकाको लागी अबिचलित र दिर्घाकालिन शान्तिपूर्वक आन्दोलन गर्दै जनतालाई सचेत गर्दै र त्यसको खण्डन गर्दै आयो तर आफ्नो माग पुरा भयन भने..भनेर कहिलैई धम्कि दिएन।
संघियताले देशलाई यो यो नोक्सान गर्छ भनेर आफ्नो खाएर देश र जनताको हितमा कामगर्ने अहिले सम्म एउटा मात्रै पार्टी नेकपा मसाल देखियो।टनक पुर परियोजनाको बिरोध गय्रो,बिप्पाको बिरोध गय्रो ,एम सी सीको बिरोध,एस पीपीको बिरोध लगायतका तमाम असमान सन्धि र सम्झौताको बिरोध गर्दै आएकोछ तर कहिले हाम्रो माग पुरा नभय आतङ्क फैलाउँछौ भनेर कहिलैई भनेकोछैन।
संघियताको बिरोध गर्दा धम्कि आए बोम बिस्फोट भयो पार्टी बाट कयौं नेताहरू भागे तरपनि संघियताको बिरोध गर्न छाडेन।
आफ्नो माग पुरा नभयपछि पनि सम्बिधान च्यात्ने झण्डा पोल्नेहरूको सुचिमा अहिले सम्म परेन,जसले जे भनेपनि भ्रष्टचारको वकालत गर्ने भ्रष्टचारीलाई जोगाउने जस्तो गलत ब्यबहार गरेन।
अहिले हिंजो दश बर्ष बनबास बसेकाहरू कतिले राज सँग मिल्ने कुरा गर्छन,कतिले आफ्नो माग पुरा नभय फेरी त्यो अनुभलाई लिएर युद्ध सुरूगर्छौं भन्छन।प्रचण्डले आफ्नो छोराको सालिक बनाएर विस्वमा चर्चित भएकाछन हिंजो जनयुद्धमा मारिएका १७हजारको सम्झनामा कुनै धर्मसाला बनाएकी?उनिहरूको सम्बोदन हुनेगरी कुनै काम गरेकी?केवल आ आफ्ना स्वार्थ पुरागर्ने देश लुट्ने जनतालाई बारूद्धमा भुट्ने काम गरेर खुबै चर्चा कामेकाछन।
अहिले कुनै जातिय आधारको प्रदेश बनाए अरू जात कहा जाने?देशलाई टुक्रा टुक्रा पार्ने यिनै मन्त्रीहरू हुन जनताले नबुझि नहुने बिषय यहीहो।
जनताले कम्युनिष्ट पार्टीमा अशिम आस्था राख्दै आएकाछन तर उनै आफुलाई कम्युनिष्ट भन्नेहरू बाटनै जनताको छातीमा झिर गोभ्ने काम हुँदै आएकोछ।
वार्गेनिङ्ग गरेर सरकारमा जाने वा मन्त्री बन्ने र देशलाई कुनै न कुनै रूपमा भुट्ने योजना बनाउँदै आएकाछन।सरकारमा बसेका पावरफुला ब्याक्तिले आ आफ्ना बाउ आमाको नाउमा ट्रस्ट खोलेर देशको ढुकुटी रित्ताएकाछन।अहिले भ्रष्टचारको प्रदिसप्रधा भयको देखिन्छ।तिन करोड पनि अपुग जनतालाई नौ वटा संसद र आठौटा सरकार सात संघिय प्रदेश भयकाछन।
१ राष्ट्रपति
१ उपराष्ट्रपति
१ प्रधानमन्त्री
२५ केन्द्रिय मन्त्री
१ राष्ट्रिय सभा अध्यक्ष
१ राष्ट्रिय सभा उपाध्यक्ष
५९ राष्ट्रिय सभा सदस्य
१ सभामुख
१ उपसभामुख
१६५ प्रत्यक्ष निर्वाचित संसद
११० समानुपातिक संसद
७ प्रदेश सभामुख
७ प्रदेश उपसभामुख
७ प्रदेश प्रमुख
७ मुख्य मन्त्री
५५० प्रदेश सांसद
१५४ प्रदेश मन्त्रीहरु
७७ जिल्ला समन्वय समिति प्रमुख
७७ जिल्ला समन्वय समिति उपप्रमुख
५३९ जिल्ला समन्वय समिति सदस्य
६ महानगरपालिका मेयर
६ महानगरपालिका उपमेयर
११ उपमहानगरपालिका मेयर
११ उपमहानगरपालिका उपमेयर
२७६ नगरपालिका मेयर
२७६ नगरपालिका उपमेयर
४६० गाउँपालिका अध्यक्ष
४६० गाउँपालिका उपाध्यक्ष
६७४३ वडाअध्यक्ष
२६९७२ वडा सदस्य कार्यपालिका सदस्यहरु,
अझै पुर्व वि आई पी को सेवा सुबिधा पनि उत्तिकै,
यो संघियता पालेर समृद्धिको रटान जप्नु मूर्खता हो।
त्यसैले संघियताको भारी खारेज गर्नैपर्छ।
(माथिको तथ्याङ्ग फेशबुक वालबाट साभार गरिएको हो।)
संघियता चाहिदैन भनेर भन्नेहरूले पनि राजनीतिको लागी मात्र बिरोध गरेको देखिन्छ।अहिले एमालेका पुर्व प्रधान मन्त्री के पी शर्मा ओलिले पनि संघियताको खुलेर बिरोध गर्ने निर्णय गरेकाछन।उन्ले देशमा दुई तिहाई सरकारको नेतृत्व गरेका थिए त्यो वेला संघियतालाई खारेज गर्ने बारे एउटा सामन्य प्रस्ताब समेत नल्याएका ओली अहिले आफु सत्तच्युत भएर कम्जोर भएपछि यस्तो कुरा गर्नथालेका हुन।अहिले नेपाली कांग्रेसले पनि संघियता खारेज गरौं हिंन्दु राज्य बनाउँ भन्न थालेकाछन।
वास्तबमा ढिलो चांडो संघियता सबै राजनीतिक पार्टीको मिलन केन्द्र हुने निश्चितछ।किन भने देशले यती महंगो ब्यबस्था थेग्न सक्दैन तर समयमै यो खारेज भयोभने देशमा दुरगतीबाट हुने नोक्सानी बाट बच्न सक्किन्छ।
तर बिड्मबना अहिले त देशमा यो राजनीति गर्ने एउटा माध्यायम पो भएकोछ।हिंजो राजमो एक्लैले संघियताको बिरोध गर्दा कसैले साथ दिएनन् तर अहिले एमाले,राजावादीहरू लगायतका धेरैजसो दलको संघियता बिरोधी अभिब्याक्ती आउन थालेकोछ।अहिले देशको अबस्था एकातिर देशमा धमाधम खुलेका पार्टी आर्को तिर उनिहरूका नेताहरू द्वारा वेलगाम भ्रष्टचारले देश आहाल भएकोछ।आखिर यो अनियन्त्रित राष्ट्रिय ढुकुटी रित्ताउँने प्रतिसप्रदा कहिले सम्म?जनताले कति सहने? यि र यस्ता नेताका अनैतिक कृयाकलाप अब यसको जनस्तर बाटै प्रतिकार हुने निश्चितछ।नेताहरूले मात्रै वार्गेनिङ्ग गरेर जनतामा खौफ सिर्जना र भ्रमित गर्दा जनताले पनि त्यसको प्रतिकार गर्नेछन।सक्छौ भने यो संघियतालाई छिट्टै खारेज गरेर अखण्ड नेपाल बनाउँन अंघी बढौं तर देशको तरलतामा कुनियत लिएर राजनीति नगरौँ।