• होमपेज
  • समाचार
  • कुखुरा बोकेको जीप दुर्घटना हुँदा साढे चार सय कुखुरा मरे

कुखुरा बोकेको जीप दुर्घटना हुँदा साढे चार सय कुखुरा मरे

  • बिहिबार, असार ३०, २०७९
कुखुरा बोकेको जीप दुर्घटना हुँदा साढे चार सय कुखुरा मरे

धनगढी — मुगुमा कुखुरा बोकेको बोलेरो जीप दुर्घटनामा परेको छ। बिहीबार दिउँसो साढे दुई बजेतिर छायानाथ रारा नगरपालिका–४ रारा विमानस्थल नजिकैको हिलाम्मे सडकमा जीप दुर्घटनामा परेको हो।

जीपमा पाँच सय ६७ वटा कुखुरा थिए। त्यसमध्ये चारसय ५० वटा कुखुरा मरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए। नेपालगञ्जबाट मुगुको लागि ब्रोइलर कुखुरा लिएर आएको जीप सडकमा अचानक पल्टेको थियो।

चर्चामा

सम्बन्धित समाचार