शुक्रबार, मंसिर १४, २०८१
  • होमपेज
  • देश
  • राज नीति पनि झरी च्याउ जस्तै उम्रिए।

राज नीति पनि झरी च्याउ जस्तै उम्रिए।

  • बिहिबार, असार ३०, २०७९
राज नीति पनि झरी च्याउ जस्तै उम्रिए।

सुरेशकुमार पान्डे — बर्षामास झरी च्याउं खुबै उम्रिन्छ त्यो च्याउंको तरकारी पनि मिठो हुन्छ खाएकालाई अबस्या पनि थाहाहोला।
त्यस्तै प्रकारले आजको दिनमा राजनीति पार्टीहरूको उत्पादन भयकोछ।
कसैले फेक्ट्री खोल्थ्यो भने त केही वेरोजगारले रोजगार पाउँने चान्स हुनेथ्यो तर यहां त दिनौदिन पार्टी खोलेर देशका जनतालाई झनपछि झन वेरोजगार बनाउँदैछन।अलि अलि सिपालु पौरखी युवाहरूलाई लोभ लालच देखाएर निकम्मा र आफ्नो झोले बनाउनमा कुनैपनि कसर छाड्दैनन्।
जुन सुकैपार्टीले पनि देशमा आमूल परिवर्तन गर्छौं नभन्ने छैनन् देशमा सर्वसाधारण जनताको बिचमा झुठको खेति गरेर आफु मौलाउँने योजना बनाउँदै आएका हुन्छन।
सरकार बनाउंदा सांसद किन्ने पैसा देशभित्र लगाउँथे भने देशको आफै काया पल्टिने थ्यो तर उनिहरूले त देशलाई असफल बनाउने बिदेशी सँग ठेक्का पो लिएका हुन्छन की?
क्रान्ति गर्दैनौ भन्ने कुनैपनि पार्टी देखिदैन् कसैले समाजवाद ल्याउँछौ भन्छन कसैले समाजवाद ल्याइसक्यौं भन्छन त्यसतै कसैले जनवादको लागि योजना बनाउँदैछन कसैको लागि जनवाद आइसकेकोछ।अरू त अरू अहिले माधव नेपालले नयाँ पार्टी खोलेकाछन अंस्ति एकजना पत्रकार रवी लामिछानेले पनि स्वतन्त्र पार्टी खोलेकाछन अनि चुनाव आयोगले पनि अगाडी पछाडी केही सोंच्नु मनासिव सम्झिएनन् धडाधड पार्टी दर्ता गर्छन।अब पार्टीनै स्वतन्त्र भयो भने केरह्यो त बांकी?स्वतन्त्रताको घांटी पनि निमुठ् नामुठ पार्न थालियो।पार्टी त पार्टिनै भैगो अनि स्वतन्त्रको सँग भयो त?अहिले सम्म त आफुलाई स्वतन्त्रहौं भनेर कुनैपार्टीका होइनौ भन्दै उमिदवारहरू चुनाव लड्दथे तर अब स्वतन्त्र चुनाव लड्नेहरूको लागी त ठुलो कठिन पो भयो उनिहरूले स्वतन्त्र भनेपछि त उनि स्वतन्त्र पार्टीका पो भए त होइनर?चुनाव आयोगले अलि बिचार पुराउनु पर्थ्यो की जस्तो मलाई लाग्छ।
देश र जनताको कसैलाई सरोकार छंदैछैन मात्र आ आफ्नै रोइलोछ।
अहिले देशमा महंगिले आम जनमानसको ढाड् सेकेकोछ तर त्यसबारेमा कसैलाई कुनैप्रकारको सरोकार नै छैन पेट्रोलियम पदार्थले आकास छोयो अहिले १८१हुँदा पनि पेट्रोल पम्पमा लामू लाइनछ तेल मिल्दैन यो दुरगति देशकोछ।समयमा मल बिउ नपाउँनाले किसान परिसानछन।तर मन्त्रीहरूहरूले मन्त्री छोड्नुपर्दा आंसुका बलेनी पर्छन।त्यो आक्रोश र रोइलो त सिमानामा अतिक्रमण भएको वेला हुनुपर्दथ्यो,त्यो आंशु बिदेश बाट दिनौ भित्रिने युवाहरूका लाशमा हुनुपर्नेहो तर बिड्मबनानै भनौं त्यो आंशु त मन्त्रीको पद छाड्दा पो खस्यो।
अनि उनै नेताले आफुलाई क्रान्तिकारी भन्न लाज मान्दैनन् जनताका हमदर्द भन्न पछि पर्दैनन्।आफ्ना बा आमाको नाममा ट्रस खोल्छन त्यसको आर्थिक राज्याले ब्यहोरेकोछ किन ?देशका नागरिकले बिदेशमा गएर रगत पसिना बगाएर पठाएको रेमिटेन्सी मन्त्रीहरूका आसेपासेको नाउमा ट्रस खोल्न हो की?देशको बिकासको लागी हो?बुझ्न सकिएन।मन्त्रीहरूले संसदमा सीसी टीवी तोडफोड गर्छन यसरी देशको समपत्तिमा लुट मचाएकाछन।
देशको नागरिक अस्पत्तालमा औषधी छैन गतिला उपकरण र पुरा स्टाप छैनन् डाक्टरहरूको अभावछन दुर्गम क्षेत्रमा पिएनहरूले रोगीहरूलाई जांचेका देखिन्छ।
बिना दस्तुर सरकारी क्षेत्रका काम सहि रूपमा हुंदैनन्,युवाहरू इमानदार पौरखीहरूलाई देशभित्र काम मिल्दैन उनिहरू खाडी मुलुकमा जान पनि मैनपावरले पहिलैई उन्को पाटो बिकाइदिन्छन् त्यही पाटो फर्काउन खाडीमा जिवन बिताए तरपनि सकिदैन।किन की जमिनको रेट दिनौदिन बढेकोछ रेट सरकारले बढाउँदैन रेट त भुमाफियाहरूले बढाएकाछन।नेपालको सरकार त भूमाफिया भ्रष्टचारीहरूँआई जोगाउने ढाल बन्दै आएकोछ।
सरकारी रेटमा कुनैपनि किसानलाई जमिन सरकारले दिलाउँछ भनेपनि देशको बिकास हुन्छ।किसानले जमिन जोतेर अन्नको भण्डार बनाउछन र बिदेशबाट अन्न आयात गर्न पर्दैन धेरै युवाहरूले देशमा रोजगार पाउंछन।तर त्यता तिर कसैको पनि ध्यायनछैन बरू की त बिदेश जाने कि राजनीति पार्टी खोल्ने र आपसमा तं मैलो छस अर्काले तं मैलो छस भन्दै पिटा पिट गराउने कार्यक्रता बिचमा लडाई गराउँने यस्तो देशको अबस्था भयो।हिंजो जातिय छुवाछुतलाई अनमुलन गर्छु भन्नेहरूको हरिबियोगछ।हिंजो क्रान्ति गर्छु भन्नेहरूको पनि उस्तै हरिबियोगछ।आज त हिंजोका तानाशाहहरूले पनि क्रन्तिकारी कुरागर्न पो थालेकाछन।
अब सबैलाई थाहा भयो पार्टी ठुलो गराउनका लागि जनतामा चर्का भाषन अतिरञ्जित बिचार छर्ने र क्रान्तिकारी नारा लगाउने समाजमा आतङ्क फैलाउने भयपछि पुग्छ पार्टी ठुलो भयोभने आफ्नो ढुकुटी छंदैछ।यिनै फटाहाले देशलाई नाङ्गेझार पारेकाछन भनेर जनताले बुझ्ने दिन कहिलेहो त्यो भने थाहानै भयन किन की जनताले त्यो बुझ्दा दिन उनिहरूको झुठका खेति गर्ने पाखण्डीहरूको राजनीति सक्किन्छ।
त्यसैले चुनावको वेला भण्डार लाग्छ जनताको बुद्धी भुट्ने मदारीको खेल चलिरहन्छ।राजनीति जनता र समाज सेवाको लागि होइन राष्ट्रियता र जनजिवीकाका लागी होइन मात्र आफु र आफ्ना आसेपासेको पेसाको लागी गर्नथाले यि नेताहरूको बिज्निस भयो।
त्यसैले त आज राजनीति पार्टीहरू झरिमा उम्रिने च्याउ भयकाछन।
देश दोस्रो श्रिलङ्का हुन थालेकोछ भन्नेकुरा बुझ्नेहरूले त आ आफ्नो विवेक प्रयोग गरौँ।
अहिले धमाधम पार्टी खोल्ने र जनताको बुद्धिभुट्ने र देशको सम्पती लुट्ने काम गर्दै आएकाछन।देश फिजि करण भै सकेको छ अब सिक्किम बन्ने कगारमा छ त्यो यिनिहरूले बुझ्नै सक्दैनन्।

चर्चामा

सम्बन्धित समाचार