• होमपेज
  • समाचार
  • बैतडीमा भिरबाट लडेर किशोरको मृत्यु

बैतडीमा भिरबाट लडेर किशोरको मृत्यु

  • बुधबार, असार २९, २०७९
बैतडीमा भिरबाट लडेर किशोरको मृत्यु

बैतडी — बैतडीमा भिरबाट लडेर एक किशोरको मृत्यु भएको छ। दशरथचन्द नगरपालिका वडा नं २ चडेखान बस्ने १७ वर्षीय विरेन्द्र बोहराको छत्यौडा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।

बाख्रा चराउन गएका बोहरा बुधबार दिउँसो साढे १२ बजेतिर लडेर सुनीगाडमा खोलामा परेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। उनी निङ्गलाशैनी मावि देहीमाण्डौंमा कक्षा १२ अध्ययनरत थिए।

चर्चामा

सम्बन्धित समाचार