मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • समाज
  • नेपाल मानव अधिकार एलाइन्स बाजुराले बिबिध कार्यक्रम गरि स्थापना दिवस मनायो

नेपाल मानव अधिकार एलाइन्स बाजुराले बिबिध कार्यक्रम गरि स्थापना दिवस मनायो

  • बुधबार, असार २९, २०७९
नेपाल मानव अधिकार एलाइन्स बाजुराले बिबिध कार्यक्रम गरि स्थापना दिवस मनायो

बाजुरा — नेपाल मानव अधिकार एलाइन्स बाजुराले बिबिध कार्यक्रमहरु गरेर स्थापना दिवस मनाएको छ । नेपाल मानव अधिकार एलाइन्सको २३ औँ स्थापना दिवसको अवसरमा अपाङ्गता भएका बालबालिकाहरुलाई बिद्यालय पोशाक बितरण, प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनुका साथै पत्रकार सम्मेलन गरी कार्यक्रम समापन गरिएको नेपाल मानव अधिकार एलाइन्सका केन्द्रीय उपाअध्यक्ष लाल बहादुर ओलीले बताए ।

No description available.

बुधबार स्थापन दिवसको अवसरमा विपन्न, अपाङ्ग बालबालिकाहरुलाई छात्रवृत्रि वितरण गरेर स्थापना दिनवस मनाएको छ । दिवसकै अवसरमा विहान जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्रीलाई ध्यानाकषर्ण पत्र समेत बुझाएको छ । स्थापना दिवसको अवसरमा बडीमालिका–९ मा रहेको द्धारीका आधारभूत विद्यालयमा अध्ययनरत ११ जना विपन्न, अपाङ्ग, असाय बालबालिकालाई केही अध्ययनमा सहयोग पुगोस भन्ने उद्देश्यले स्टेशनरी, स्कुल डे«स, लगायतका समाग्रीहरु वितरण गरिएको मानव अधिकार एलाइन्स जिल्ला शाखा बाजुरा अध्यक्ष विमला थापाले बताएकी छन् । बडीमालिका नगरपालिका–९ का वडाध्यक्ष सूर्यकीरण विक, मानव अधिकार एलाईन्स केन्द्रीस समिति उपाध्यक्ष लालबहादुर ओली, द्धारीका आधारभूत विद्यालय व्ष्यवस्थापन समिति अध्यक्ष देव बहादुर सार्की, शिक्षक, मान अधिकार एलाइन्स जिल्ला शाखा बाजुराका पदाधिकारीहरुको सहभागिता विदालयमै पुगेर ११ जना अपाङ्ग, असाय र विपन्न परिवारका बालबालिकालाई स्कुल ड्रेस, स्टेशनरी लगायतका सामाग्री वितरण गरिएको हो ।

विहान जिल्ला प्रशासन कार्यालय बाजुरामा मार्फत प्रधानमन्त्रीलाई ध्यानाकषर्ण पत्र बुझाएको थियो भने, दिउँसो बालबालिकालाई स्टेशनरी र स्कुल डे«स वितरण गरि मानव अधिकार एलाईन्स नेपालको २३ औं स्थापना दिवस मनाएको थियो । त्यस्तै दिवसकै अवसरमा पत्रकार सम्मेलनको आयोजना गरि जिल्लास्थित विभिन्न मिडियामा कार्यरत्त पत्रकारहरुसंग छलफल पनि गरेको थियो । छलफलको सहजीकरण मानव अधिकार एलाइन्स नेपाल केन्द्रीय समिति उपाध्उक्ष लालबहादुर ओलीले गर्नु भएकोे थियो । मन्च केन्द्रीय उपाध्यक्ष लालबहादुर थापाले संस्थाको दैनिक कार्य सम्पादनसंग परियोजना र कार्यक्रमको क्षेत्रको यसको अवस्था र व्यवस्था विषयमा जानकारी गराएका थिए ।

No description available.

मानव अधिकार एलाइन्स बाजुराद्धारा प्रधानमन्त्रीलाई ध्यानाकषर्ण पत्र राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) जिल्ला शाखा बाजुराले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत ध्यानकषर्ण पत्र बुझाएको छ । मानव अधिकार एलाइन्सको २३ औं स्थापना दिवसको अवसरमा विषेश गरि रेडक्रसका विश्वव्यापी मूल्य मान्यताको कदर होस भन्ने उद्देश्य सहित प्रशासन मार्फत प्रधान मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज विहान ध्यानाकषर्ण बुझाएको अध्यक्ष विमला थापाले बताएकी छन् । मानवीय सहयोग, प्रकोपबाट पीडितको उद्दार, संकटमा परेको विरामीहरुलाई रक्त संकलन र जीवनदानको क्षेत्रमा अन्तराष्ट्रियस्तरमा स्वतन्त्र, तटस्थ रही काम गर्ने मान्यताबाट परिचित नेपाल रेकक्रस सोसाइटीको तत्कालिन केन्द्रीय समितिले गरिरहेको दशकों देखिको भष्टा«चारबाट उन्मुक्त गर्न नेपाल सरकार तत्कालिन कमिटी भंग गरी डा.नेत्रप्रसाद तिमिल्सेनाको अध्यक्षतामा गठन गरेको तदर्थ समितिले रेडक्रस भित्रको सुशासन पुनस्र्थापना गर्न अथक कार्य गरिरहेको अवस्थामा वर्तमान सरकारले समितिलाइ भंग गर्यो ध्यानाकषर्ण पत्रमा उल्लेख गरिएको छ । आपत्कालीन अवस्थामा मानवीय सेवामा समर्पित अन्तराष्ट्रिय स्वच्छ छवी भएको रेडक्रसका मूलय मान्यताको कदर गर्दै पैशासनीक हस्तक्षेपबात मुक्त गर्न, सम्मानित सर्वौच्च अदालतको अन्तरकालीन आदेशको सम्मान गर्न, संविधान प्रद्धत्त नागरिकको संगठन गर्न पाउने स्वतन्त्रताको सम्मान गर्न सम्मानित प्रधानमन्त्रीलाई ध्यानाकषर्ण गराउँदछौ ध्यानाकषर्ण पत्रमा उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा पुगेर मान अधिकार एलाइन्स केन्द्रीय उपाध्यक्ष लालबहादुर ओली, मानव अधिकार एलाइन्स जिल्ला शाखा बाजुरा अध्यक्ष विमला थापा, उपाध्यक्ष शंकर चदाँरा, सहसचिव प्रमित विक, सदस्य लोकेन्द्र खड्का, दुर्गा थापाले प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीलाई ध्यानाकषर्ण पत्र बुझाएको थियो ।

प्रधान मन्त्री शेर बहादुर देउवालाई दिएको ज्ञापन पत्रमा नेपाल रेडक्रस सोसाईटी भ्रस्टाचारको चुृलममा डुबेकोले रेडक्रसलाई चुस्त दुरुस्त बनाउनपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । नेपाल रेडक्रस जस्तो पबित्र संस्थाको बदनाम गराएका केन्द्रीय अध्यक्ष लगायतका पदाधिकारीहरुको छानबिन गरीनु पर्ने सो ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार