• होमपेज
  • देश
  • काठमाडौंको भृकुटीमण्डपमा आगलागी

काठमाडौंको भृकुटीमण्डपमा आगलागी

  • बुधबार, असार २९, २०७९
काठमाडौंको भृकुटीमण्डपमा आगलागी

काठमाडौं — भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको छ । आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको छ ।

ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए ।

उनका अनुसार अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन ।

चर्चामा

सम्बन्धित समाचार