• होमपेज
  • कला /साहित्य
  • कबिता : “बालापन “

कबिता : “बालापन “

  • बुधबार, असार २९, २०७९
कबिता :  “बालापन “

म मेरि अामा काे काेख बाट जन्म लिए
पृथ्वीमा पाईला टेके सँगै
बाह … बाह गर्दै
सङघर्ष गर्न शुरु गरे
मेरो सङघर्ष मा मेरि ममतामई अामाले
सधैं मलाई साथ दिनु भयाे
जाडो मा न्यानो कपडा लगाई दिनु भयाे
भाेकमा दूध चुसाउनु भयाे
म अामा काे काखमा चार हातखुट्टा
बागचल गर्दै बेखबर का सङघर्ष गरिरकाे हुन्थे
बगैंचा मा भमराहरु रमाए झै रमाउथे
अामा ,कतै जाँदा
परिवार काे अर्को सदस्य लाई
मेरो नानि हेरिदिनु है
फेरि खाट बाट खस्ला !
भनेर जानुहुन्थ्याे
कति नजर राख्नुहुन्थ्याे
अर्कै काे काखमा
अर्कै काे भरमा मैले मेरो बालापन मा
अथक सङघर्ष गरे
मेरो सङघर्ष केवल खानकाे लागि मात्रै थियो
जब म अलि ठुलो हुदै ,हुर्कदै गए
मेरा अामा ,बा निकै खुसि हुनुहुन्थ्यो
र भन्नुहुन्थ्यो
बाबू ठुलो भएर डाक्टर बनेस
अामा भन्नुहुन्थ्यो ईन्जिनियर बनेस
हाम्रो दुख सुखमा साथ दिएस
म जब स्कुल जान लागे
म अब अाफै चल्न ,हिड्न सक्ने भए
दशै अायाे
बाबाले अासिर्वाद मा ठुलाे मानिस बन्न भन्नुभयो
अामा ले राम्रो पढेर ईन्जिनियर बनेस बाबू भन्नुभयो
म फेरि बा सँग मामा घर गए
हजुर अामा
हजुर बुवा
मामा ,माइजू सबै ले ईन्जिनियर बनेस बाबू
डाक्टर बनेस बाबू ,पाईलट बनेस मात्रै भन्नू भयाे
कसैले भनेनन बालाे पनमा
बाबू तिमी मानिस बने भनेर !

मलाई मानिस जस्तो मानिस बन्नु थियाे
अामा र बाबा का सपना साकार पार्नु थियाे
ईस्टमित्र र अाफन्त जनहरु लाई
वाह .. वाह .. पार्नु थियाे
मेरो वालपन यस्तै माला ले
सजिएको थियाे ।
अाषा ,भराेसा र बिस्वासका टुक्रा हरुककाे
माला बन्दै थियाे
रङगि बिरङगि माला
मेरो वालपन यसरी ढुङ्गा माथि
ढुङ्गा चिनेको ग्याम झै चुलिदै थियाे ।
मेरि अामाले ताते ताते गरि हिडाउनु भयाे
कहिं कतै लाेट्न दिनु भएन
ज्वरो ,बिमार हुदा कति अात्तिनु हुन्थ्यो
मेरि अामा
मलाई थाहा थिएन
मलाई मेरि अामा ले कति माया र स्नेह दिनु भयो भनेर
किन कि मेरो बालाे पन ले छुट्याउन सक्दैनथ्याे
राम्रो के हाे नराम्रो के हाे ?
दुख केहाे सुख के हाे ?

अहिले मलाई थाहा हुदै छ बालाेपन काे कथा
म मेरि अामा सँग रिणि छु
म मेरो बाबा सँग रिणि छु
मैले पाएकाे सेवा
मेरा बाबू र अामा लाई दिन सकिन
किन कि असी बर्ष पुग्न लागेका
मेरा बाबुअामा बालाेपन मा फर्कुनु भएको छ
अहिले उहाँ हरु लाई सहारा चाहिएकाे छ
माया ममता र स्नेह चाहिएकाे छ
जसरि मलाई वालाेपनमा दिनुभएको थियाे ।

अलि ठुलो हुदा अामा ले
तँलाई चुनाैति छ बाबू
तेरै अघि ठिक्क पारि
पछिबाट तेरै कुरा काट्ने धेरै छन
नजिकै छन भन्नुभएको थियाे
तँ माथि उठेको भन्दा
तल झरेको देख्दा खुसि हुने
तेरै अाफन्त र ईस्टमित्र हुने छन
किन कि पर काे लाई तेरो बारेमा
केही थाहै हुदैन बा ले भन्नुभएको थियाे

म बालाेपन बाट मुक्त भैसकेको छु
तर वालाे पनमा फर्केका बाबुअामा लाई
सेवा दिन सकेको छैन
यतिबेला मैले साेचेकाे छु
कतै डाक्टर ,ईन्जिनियर बनेस मात्रै भनेको
र तँ ठुलो भएर मानिस बनेस
मानिस जस्तै बनेस
भन्न भुल्नु भएको भएर त हाेईन
मलाई संका छ
मेराे वालापन मा सबै ले दिएको अासिर्वाद मा
मानिस जस्तै बनेस भनेर
भन्न छुटेछ अामा ,
भन्न छुटेछ अामा ।
मेराे बालापन मा अामा
मेरो बालापनमा !!
धन्यवाद ।

चर्चामा

सम्बन्धित समाचार