• होमपेज
  • समाचार
  • बाल यौन दुरुपयोगको आरोपमा वडाध्यक्ष पक्राउ

बाल यौन दुरुपयोगको आरोपमा वडाध्यक्ष पक्राउ

  • मङ्लबार, असार २८, २०७९
बाल यौन दुरुपयोगको आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौं —  मकवानपुरको कैलाश गाउँपालिका–९ का वडाध्यक्ष भुवन सिंह घलान बाल यौन दूराचारको आरोपमा पक्राउ परेका छन् ।

मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले वडाध्यक्ष घलानलाई पक्राउ गरेको जानकारी दिए । शुक्रबार जिल्ला अदालत मकवानपुरले उनीविरुद्ध पक्राउ पूजी जारी गरेको थियो ।

विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागी हुन हेटौंडा आएका कैलाश गाउँपालिकाको एक विद्यालयमा अध्ययनरत विद्यार्थीमाथि वडाध्यक्ष घलानले १८ असार बाल यौन दुरुपयोग गरेको आरोप छ ।

पीडित विद्यार्थीको तर्फबाट शुक्रबार जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

चर्चामा

सम्बन्धित समाचार