काठमाडौं — संजयलीला भन्साली निर्देशित फिल्म ‘देवदास’ एकमात्र भारतीय फिल्म थियो जसलाई टाइम म्यागजिनले सन् २००२ मा विश्वभरका शीर्ष १० फिल्मको सूचीमा चयन गरेको थियो । फिल्मबारे बोल्दै निर्देशक भन्सालीले भने, ‘हामी सबै बाधा व्यवधानको बाबजुद फिल्म बनायौं । देवदास कान्सको अप्रतिस्पर्धी खण्डमा छानिएको थियो ।’
शाहरुख खानलाई मुख्य भूमिकामा लिएर फिल्म बनाउनु कत्तिको चुनौतिपूर्ण थियो भन्ने कुरामा उनी केही खुले । ‘देवदास बनाउन सजिलो पक्कै थिएन । मैले धेरै पीडा सहेँ । जब मलाई कान्समा बोलाइयो, तब मेरो दुईवर्षको तपस्या सार्थक भएजस्तो लाग्यो ।’
‘मलाई भन्ने भगवानको आफ्नै तरिका थियो : तिमीले एकदमै कष्ट सह्यौ । अब खुशिको सुरुवात हुने बेला आएको छ ।’ कान्सको लागि समयमै फिल्म तयार गर्न हामीले दोब्बर गतिमा काम गर्नुपर्ने थियो । हामी पूर्णरुपमा अचम्ममा प¥यौं । हामीले उनीहरुलाई लगभग सकिएको भिडिओ पठाएका थियौं । तर, फाइन ट्युनिङको लागि समय थिएन’ उनी भन्छन् ।
‘देवदासलाई ठूलो पर्दामा हेर्नु थिएन । कान्स जुरीले सानो पर्दामा यसको प्रशंसा गर्नु एक चमत्कार हो । जब कान्सबाट इमेल आयो, त्यो मेरो जीवनको महत्वपूर्ण क्षण थियो । मन भित्रैदेखि खुशिको अनुभूति भयो । साढे दुईवर्षमा फिल्म बनाउने बाहेकको अरु काममा उत्साहित भएको छु’ उनले सुनाए ।
शरदचन्द्र चटर्जीको शाष्त्रिय रोमान्स–ट्रयाजेडीको भव्य रुपान्तरणले मेलोड्रामाबाट कविता सिर्जना गर्न दृश्य माध्यम शक्तिको रुपमा निर्देशकप्रतिको विश्वासलाई पुष्टि गर्छ । ‘हम दिल दे चुके सनम’पछि भन्सालीले एक मनमोहक रोमान्टिक त्रासदी सिर्जना गरे जसले दर्शकको संवेदनालाई जीवनको भव्यता दिने र संवेदना प्रवाह गर्ने काम गर्छ ।
फिल्मका पात्र उनीहरुको अलंकृत पहिरनमा हिँड्छन् जुन उत्कृष्ट धागोबाट कातिएकोजस्तो देखिन्छ । तर, त्यो भव्यताले कथाको गतिमा कहिँकतै अवरोध गर्दैन । बिमल रोयले सन् १९५० मा जसरी शब्दमार्फत चित्रण गरेका थिए, निर्देशक भन्सालीले दृश्यमा त्यो भन्दा पर पुगेर भव्यता चित्रण गरे ।
बियोगान्त क्षणलाई पुष्टि गर्न भन्सालीले सिर्जना गरेका दृश्य फिल्मका हाइलाइट् हुन् । चाहे त्यो देवदासका दुई महिला पात्रहरु पारो र चन्द्रमुखीलाई रमाइलो नृत्यमा एकसाथ प्रस्तुत गर्ने कार्य होस् वा आफ्नै अन्तिम संस्कार गर्ने रक्सीले मातेको पुरुष पात्र देवदास नै किन नहोस् । भन्सालीका मौलिक बिचारले फिल्मको भव्यतालाई सुन्दर बनाउँछन् ।
२० औं शताब्दीको प्रारम्भिक कोलकाताको सामन्ती वैभव र फूर्सदको मुडलाई कालातित सेटिङमा उनेर निर्देशक भन्सालीले चम्किलो भवन निर्माण गरेका छन् । हम दिल दे चुके सनम अघिका भारतीय फिल्ममा यस्तो भव्यता कमै थियो । चटर्जीको उपन्यासमा निकै चर्चित भएको यसको समापनको दृश्यमा भन्सालीले मर्दै गरेको घर अघि अन्तिम सास लिन्छ जसलाई केही फरक कोणबाट खिचिएको छ ।
ऐश्वर्या राय र माधुरी दीक्षितले प्रेमिका र नगरवधुको भूमिकामा असीमित क्षमता पस्किएका छन् । नगरवधुको चरित्रमा ‘पाकिजा’ फिल्ममा मीना कुमारीले गरेको भन्दा यसलाई भव्य कोरियोग्राफी मानिएको छ । यो भूमिकामा माधुरी अब्बल देखिएकी छन् ।
जब सन् २००२, १२ जुलाईमा देवदास रिलिज भयो र यसले भारतमा डरलाग्दो समीक्षा प्राप्त ग¥यो । जसले साँच्चिकै भन्साली आहत भए । ‘देवदासलाई देखावटी बनाएको भन्दै मेरो आलोचना भयो । तर, यथार्थवादी फिल्म यो देशमा वास्तविक फिल्म होइन । यो मीरा नायरको मनसुन वेडिङजस्तो विधामा छैन, जहाँ क्यामेराको उपस्थितीलाई यति कम उल्लेख गरिएको छ कि जुन लगभग गायब हुन्छ’ भन्साली भन्छन् ।
‘तपाईंलाई लाग्छ कि तपाईं वास्तविक बिहेमा हुनुहुन्छ । भारतीय सिनेमाको आयाम अब मीरा नायरदेखि सत्यजित रेसम्म फैलिएकोमा म खुशि छु । उनको बाटो थियो । मसँग मेरो छ । मैले मेरो फिल्मलाई समीक्षकले आलोचना गर्नुहुँदैन भनेको होइन । तर, मैले छनौट गरेको विधा र ढाँचामा उनीहरुले फिल्मलाई न्याय गर्नुपथ्र्यो । मेरो बाटो पनि एउटा बाटो हो । अर्को निर्देशकले यही कथालाई अर्को तरिकाले बनाउन सक्छ’ उनी भन्छ्न ।
देवदासमा आफ्नो भूमिकाबारे शाहरुख खान भन्छन्, ‘देवदास त्यो यात्री हो जसलाई सबै कुरा चाहिन्छ र केही पनि चाहिँदैन । ऊ विजेता र हार्ने दुबै चीज हो । यो धेरै अनौठो छ । किताब पढ्दा पारोले देवदासलाई दा भनेर बोलाउँछिन् जसको अर्थ भाई हो । त्यसैले ऊ एकै समयमा प्रेमी र भाई हो । यो कसरी भयो ? यस्तो कुरा देवदाससँग मात्रै हुनसक्छ । धेरैले हाम्रो फिल्मलाई उपन्याससँग तुलना गरिरहेका छन् । मेरो बिचारमा उपन्यास पढ्ने अधिकार थोरैलाई छ । पूर्व धारणा र अपेक्षा राखेर देवदास हेर्न सक्नुहुन्न । प्रत्येक चोटी जब म देवदास पढ्छु, म यसमा फरक मुड पाउँछु ।’ बलिउड हंगामबाट अनुदित ।