• होमपेज
  • राजनीति
  • बाजुरा समन्वय प्रमुखमा रोकाया र थापाको चर्चा, को बन्लान समन्वय प्रमुख ?

बाजुरा समन्वय प्रमुखमा रोकाया र थापाको चर्चा, को बन्लान समन्वय प्रमुख ?

  • मङ्लबार, असार २८, २०७९
बाजुरा समन्वय प्रमुखमा रोकाया र थापाको चर्चा, को बन्लान समन्वय प्रमुख ?

बाजुरा — बुढीगंगा नगरपालिकाको जितसँगै बाजुरा जिल्लाको समन्वय समिति एमालेको बन्ने पक्का भएपछि समन्वय प्रमुख को बन्ने भन्ने बिषयको चर्चा हुन सुरु गरिएको छ । बुढिगंगा नगरपालिकाको मतदान सकिए संगै समन्वय प्रमुख को बन्ने भन्नेमा चर्चा चल्न सुरु भएको हो । बुढिगंगा नगरपालिकामा बैशाख ३० गते भएको मतदानमा धाँधली भएको निष्कर्ष निकाल्दै निर्वाचन आयोगले असार २३ गने पुनः मतदान गराएको थियो । आईतवार सार्वजनिक भएको परिणाम अनुसार नगर प्रमुखमा एमालेका उम्मेदवार रामवहादुर बानियाँ र उप-प्रमुखमा एमालेकै माया कुमारी खड्का (कुँवर) निर्वाचित भएका छन ।
बाजुराको समन्वय प्रमुखमा २ जनाको चर्चा चलेको छ । समन्वय प्रमुखको लागि गौमुल गाउँपालिकाका तुल्सीराम रोकाया र बुढिगंगा नगरपालिकाका हिक्मत थापाको नाम उनका निकट मानिएकाहरुबाट सामाजिक संजाल मार्फत सार्बजनिक गरेका छन । थापा र रोकाया दुबै जना नेकपा एमालेका पुरानै अनुहार हुन । दुबै जना उम्मेदवार बलिया उम्मेदवारका रुपमा रहेका छन ।
नौ स्थानीय तह रहेको बाजुरामा जिल्ला समन्वय समिति बनाउनका लागि पालिकाका प्रमुख र उपप्रमुख गरी १० को आवश्यकता पर्दछ । ६ पालिकामा प्रमुख र पाँचमा उपप्रमुख जितेपछि जिल्ला समन्वय समिति एकलौटी एमालेको बन्ने सुनिश्चित भएको हो । बाजुरामा कांग्रेसले तीन प्रमुख र तीन उपप्रमुख जितेको छ भने बुढीनन्दा नगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेद्वार विजयी भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार