• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा एमालेकाे जिल्ला समन्वय समिति बन्ने पक्का

बाजुरामा एमालेकाे जिल्ला समन्वय समिति बन्ने पक्का

  • मङ्लबार, असार २८, २०७९
बाजुरामा एमालेकाे  जिल्ला समन्वय समिति बन्ने पक्का

बाजुरा — बुढीगंगा नगरपालिकाको जितसँगै बाजुरा जिल्लाको समन्वय समिति एमालेको बन्ने पक्का भएको छ ।  बैशाख ३० गते भएको मतदानमा धाँधली भएको निष्कर्ष निकाल्दै निर्वाचन आयोगले असार २३ गने पुनः मतदान गराएको थियो । आईतवार सार्वजनिक भएको परिणाम अनुसार नगर प्रमुखमा एमालेका उम्मेदवार रामवहादुर बानियाँ र उप-प्रमुखमा एमालेकै माया कुमारी खड्का (कुँवर) निर्वाचित भए ।

नौ स्थानीय तह रहेको बाजुरामा जिल्ला समन्वय समिति बनाउनका लागि पालिकाका प्रमुख र उपप्रमुख गरी १० को आवश्यकता पर्दछ । ६ पालिकामा प्रमुख र पाँचमा उपप्रमुख जितेपछि जिल्ला समन्वय समिति एकलौटी एमालेको बन्ने सुनिश्चित भएको हो । बाजुरामा कांग्रेसले तीन प्रमुख र तीन उपप्रमुख जितेको छ भने बुढीनन्दा नगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेद्वार विजयी भएका छन् ।

गठवन्धन हुँदा अछाम र बाजुरामा प्रमुख उपप्रमुख दुवै कांग्रेसको भाग परेको थियो भने दार्चुला र बैतडीमा प्रमुख कांग्रेस र उपप्रमसख माओवादीले पाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार