• होमपेज
  • समाचार
  • पिकअपले ठक्कर दिँदा अटो चालकको मृत्यु

पिकअपले ठक्कर दिँदा अटो चालकको मृत्यु

  • मङ्लबार, असार २८, २०७९
पिकअपले ठक्कर दिँदा अटो चालकको मृत्यु

झापा — झापामा पिकअपले ठक्कर दिँदा अटो चालकको मृत्यु भएको छ। सोमबार झापाको बुद्धशान्ति गाउँपालिकास्थित मेची राजमार्गमा को २ च २०६३ नम्बरको पिकअपले मे १ ह ४६४४ नम्बरको अटोलाई ठक्कर दिँदा सोही गाउँपालिका-७ का ४१ वर्षीय चालक भानु खड्काको मृत्यु भएको प्रहरीले बताएको छ।

दुर्घटनामा सोही ठाउँकी १ वर्षीया बिना सेञ्चुरी र सोही गाउँपालिका-४ बस्ने ३२ वर्षीया इन्दिरा राई घाइते भएका छन्। पिकअपसहित चालक ५१ वर्षीय दिलीपकुमार प्रधानलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार