शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगामा वडा कार्यालय सहयोगी वडा अध्यक्षमा विजयी

बुढिगंगामा वडा कार्यालय सहयोगी वडा अध्यक्षमा विजयी

  • सोमवार, असार २७, २०७९
बुढिगंगामा वडा कार्यालय सहयोगी वडा अध्यक्षमा विजयी

पदमबहादुर सि‌ह बाजुरा– बुढिगंगा नगरपालिकामा असार २३ गते भएको स्थानिय तहको निर्बाचनमा सोही वडाका कार्यलय सहयोगी वडा अध्यक्षमा विजयी भएका छन् । वडा नम्बर १ को वडा अध्यक्षमामा रण बहादुर थापा एमालेबाट वडा अध्यक्षमा विजयी भएका हुन् ।
२०७८ चैत मिहनासम्म सोही वडामा कार्यालय सहयोगरी पदमा कार्यरत रहेका थापाले नेपाली काँग्रेसका तर्फबाट उम्मेद्धार लोक बहादुर थापालाइ हराउदै विजयी भएका छन् । विजयी रण बहादुर थापाले ४ सय १६ र पराजित लोक बहादुर थापाले ३ सय ५८ मत ल्याएका थिए ।
२०७५ साल देखी वडा नम्बर १ मा वडा कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका थापाले वडा अध्यक्ष पदमा लड्नका लागि चैत महिनामा राजिनामा दिएका थिए । मासिक १४ हजार पाउने गरि नगरपालिकाबाट करार नियुक्ति पाएका थिए । कार्यालय सहयोगी पदमा काम गरिरहेका रणले नेकपा एमालेसँग आफु वडा अध्यक्ष लड्ने प्रश्ताब लिएका थिए । नेकपा एमालेले अध्यक्षको उम्मेदवार बनाउन सहमित गरेपछि चैत महिनामा राजिनामा दिएर चुनावमा होमिएको थापाले वताए ।
थापा कार्यालय सहयोगीमा नियुक्ति हुदा नेपाली काँग्रेसका वडा अध्यक्षमा राजेश कुमार सिंह सहितको पुरै वडामा काँग्रेस प्यान विजयी थिए । वडा अध्यक्ष थापा साविकको बह्रमतोला गाबिसमा सामाजिक कार्यक्रर्ता रहेका थिए । देशमा संघियता लागु भएपछि उनको जागिर गयो । २०७५ सालमा फेरी आफ्नै वडामा कार्यालय सहयोगिको नियुक्ति पाएर काम गरेका थिए ।
निर्वाचित थापा कार्यालय सहयोगी भएपनि उनले वडामा हुने सबै काम गरेको वताउछन् । थापाले भने आफुलाई जनताका दुख, पिर मर्का समस्या राम्रोसँगै बुझेको छु, मैले वडामा कार्यालय सहयोगीता हुदा पनि धेरैको सेवा गरेको वताए । थापाले जितेको वडा काँग्रेसको बाहुल्यता भएको वडाका रुपमा चिनिन्छ । थापाले टिकट दिदा एमालेलाई वडा जित्न निकै सहज भएको एमालेका स्थानिय नेता बताउँछन् ।
मलाइ वडा कार्यालय चलाउन सबै अनुभब रहेको छ । आफु जनमुखी काम गर्नका लागि नै वडा अध्यक्ष हुन तयार भएको थापाले वताए । जनताको मायाले नै निर्वाचित भएको उनले वताए । वडामा थापा सहित पुरै प्यानल एमाले विजयी भएको छ । बुढिगंगा नगरपालिका बैशाख ३० गते भएको चुनावमा धाधली भएको भन्दै निर्वाचन आयोगले असार २३ गते पुन निर्वाचन गरेको हो । नगरप्रमुख उपप्रमुख सहित ७ वटा वडा एमाले र ३ वटा वडा काँग्रेसले जितेको छ ।

चर्चामा

सम्बन्धित समाचार