• होमपेज
  • बाजुरा बिशेष
  • संघीय निजामती कर्मचारी सेवा ऐन जारी गर्न कर्मचारीको माग

संघीय निजामती कर्मचारी सेवा ऐन जारी गर्न कर्मचारीको माग

  • सोमवार, असार २७, २०७९
संघीय निजामती कर्मचारी सेवा ऐन जारी गर्न कर्मचारीको माग

बाजुरा — संघीय निजामती कर्मचारी सेवा ऐन जारी गर्न बाजुराका कर्मचारी संगठनहरुले प्रशासन मार्फत प्रधान मन्त्रीलाई संयुक्त ज्ञापन पत्र बुझाएका छन । बाजुरामा कार्यरत नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति बाजुरा ,नेपाल कर्मचारी युनियन जिल्ला कार्य समिति बाजुरा र राष्ट्रिय कर्मचारी संगठन (निजामती) जिल्ला कार्य समिति बाजुराद्धारा जिल्ला प्रशासन कार्यालयमा संघीय निजामती कर्मचारी सेवा ऐन जारी गर्न कर्मचारीले ज्ञापन पत्र बुझाएको हो ।
देश संघिय राज्य व्यवस्थामा गएको लामो समयसम्म पनि संघीय शासन प्रणलीको कार्यन्वयनको लागि संघ प्रदेश तथा स्थानीय तहको कर्मचारी प्रशासन व्यवस्थापन एवं मार्ग दर्शन गर्न कानुनको रुपमा रहेको संघीय निजामती सेवा ऐन नहुँदा मुलुकको सार्वजनिक नहुँदा मुलुकको प्रशासन अन्योल र अस्थीरतारताको भुमरीमा परेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
सार्वजनीक सेवा प्रवाहको प्रमुख माध्यम देशको निजामती सेवालाई व्यवस्था गर्न सरकारको प्राथमिकतामा नपरेकोले राष्ट्रियस्तरका टे्रड नेपाल युनियन नेपाल सरकार र सरोकारवाला निकायलाई पटक पटक ध्यानाकर्षण गराउँदै आएको नेपाल निजामति कर्मचारीहरुले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
संघीय निजामती कर्मचारी सेवा ऐन जारी गर्न निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति बाजुराका उपाध्यक्ष उपेन्द्र बहादुर साउँद, नेपाल कर्मचारी युनियन जिल्ला कार्यसमिति बाजुराका अध्यक्ष कुल बहादुर रावल र राष्ट्रिय कर्मचारी संगठन (निजामती) जिल्ला कार्य समिति बाजुराका प्रतिनिधि सिद्धराज जैशीको सयुक्त हस्ताक्षेरी ज्ञापन पत्र प्रधान मन्त्री तथा मन्त्री परिसदको कार्याललाई बुझाएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारी मार्फत संयुक्त ज्ञापन पत्र बुझाएको कर्मचारी संगठनका धुब्र थापाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार