• होमपेज
  • समाचार
  • बिप्लव निकट अखिल क्रान्तिकारीको बझाङ र बाजुराको इन्चार्जमा थापा मनोनीत

बिप्लव निकट अखिल क्रान्तिकारीको बझाङ र बाजुराको इन्चार्जमा थापा मनोनीत

  • सोमवार, असार २७, २०७९
बिप्लव निकट अखिल क्रान्तिकारीको बझाङ र बाजुराको इन्चार्जमा थापा मनोनीत

अर्थ जङ शाही/बझाङ — नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी सुदुरपश्चिम प्रदेश समितिको दोस्रो पूर्ण बैठक महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ । शनिबार धनगढीमा बसेको उक्त बैठकले वर्तमान अवस्थामा शिक्षा क्षेत्रमा देखिएका विकृति विसंगतीको अन्त्य गर्नका लागि र आम विद्यार्थीलाई सम्मान, सहज र गुणस्तरीय शिक्षा प्राप्तिका लागि संघर्ष गर्ने लगायतका विभिन्न निर्णयहरु गरेको अखिल क्रान्तिकारी सुदुरपश्चिम प्रदेश बझाङ र बाजुरा जिल्लाका इन्चार्ज अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य कमल थापाले द्रोसो पुण बैठक बाट दुई जिल्लाको जिम्मेवारि पाउनु भएको छ। साथसाथै शैक्षिक सत्र सुरु भएको पनि महिनौ बिती सक्दा पनि पाठ्यपुस्तक परिपूर्ति नगरेको उक्त लाप्रवाहीका विरुद्ध पनि संघर्ष गर्ने संगठनले जनाएको छ ।

अखिल क्रान्तिकारी सुदुरपश्चिम प्रदेश इन्चार्ज बबर जंग सिंहको अध्यक्षता मा बसेको सो बैठकमा प्रमुख अतिथि नेकपा केन्द्रिय सदस्य डबल बहादुर शाह , अतिथिमा संगठनकै केन्द्रिय तथा पश्चिम कमाण्ड इन्चार्ज प्रतिमा चौधरी ,विशेष समिति सदस्य विनोद विष्ट लगायत प्रदेश समितिका सदस्य हरुको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार