सुरेशकुमार पान्डे — अहिले कतिपय बुद्धिजिवीहरूले वामपन्थिको एकता हुनुपर्छ कम्तिमा वामपन्थिहरू बिच चुनावी तालमेल हुनुपर्छ भनेर भित्तो रङ्गाउँनु हुन्छ पत्रिकाहरूमा पनि आ आफ्ना बिचार छपाउँनु हुन्छ।
कतिपय आफुलाई कटर क्रान्तिकारीहौं भन्नेहरूले अब क्रान्तिकारी बिच एकता वा धुर्विकर्णका राग अलाप्नु हुन्छ तर हामी आफुले आफैलाई कुन खेमामा पुराएकाछौं त्यसबारे भन्न अलमलमा पर्छौं।अहिले देशको राजनीति पार्टीहरू बारे अन्तिम मुल्यांकन गर्न अपठ्यारो भएकोछ।
वास्तबिक अर्थमा भन्नुपर्दा आफुलाई कम्युनिष्ट भन्नेहरूको बारेमा मुल्यांकन गर्न सजिलो छैन भर्खरै क्रान्तिकारी नारा लगाउँछन अनि तुरून्तै प्रतिगामी वा प्रतिकृयावादी खेमामा पुग्छन।
हुन त राजनीतिक पार्टीले परिस्थितिको ठोंस मूल्यांकन गरेर आ आफ्नो कार्यनीति तय गर्ने गर्छन र देशको अबस्था पनि तेही प्रकारको बन्दै गएको आभास हुन्छ।हिंजो ओलि पक्षलाई वामपन्थि कम्युनिष्ट भन्दा भन्दै ठ्याक्कै प्रतिगामी खेमामा पुगे जनताले एमाओवादीलाई क्रान्तिकारी शक्ति भन्दा भन्दै त्यो ढुलमुल र अवसरबादी खेमामा पुग्यो र विप्लवले पनि आफुलाई क्रान्तिकारी भन्छन उता मोहन वैद्यले आफुलाई क्रान्तिकारी भन्दा भन्दै पनि राजतन्त्रको वकालत गर्छन।यस्ता कम्युनिष्टहरूका गुट उपगुटको मुल्यांकन पनि उन्को घोषणा पत्रको आधारमा भन्दा उन्ले दिनौदिन बद्लने ब्यबहारेको आधारमा मुलाङ्कन गर्नुपर्ने भयकोछ।जुन वेला उनिहरू राष्ट्रियता र गणतन्त्रको बाटोमा अलमलिन्छ ठिक त्यही वेला उनि सँग के गर्ने भनेर सोंचनुपर्ने हुन्छ।
देशभित्र कुन कुन शक्ति वामपन्थि हुन कुन कुन पार्टी क्रान्तिकारी हुँन त्यो भन्न अहिले कठिन भएको अबस्थाछ।एउटा घटकले संघियताको बिरोध गर्छ आर्कोले पक्षलिन्छ तेस्रो ढुलमुलछ कुनै एकजनाले पनि देशमा संघियताले यो फाइदा पुरायो भनेर किटान गर्न सक्दैन तरपनि संघियतालाई जोगाउन तछाड मछाडछ।उनै पार्टीहरू बाट त्यो संघियतामा पस्न तछाड मछाड हुनेगर्छ यही बिड्मबनाहो देशका यि वामपन्थि कम्युनिष्ट भनाउँदा हरूको।
बिगतको स्थानिय निर्वाचनमा प्रतिगमनको बिरूद्दमा गठबन्धन गरेको घटकले प्रतिगमनकारी शक्ति सँग सांठगांठ गरे त्यसबाट कसलाई फाइदा भयो?वास्तबिक रूपमा अहिलेको अबस्था वामपन्थि एकताको हो तर वामपन्थिहरू आ आफ्नो स्वार्थका कारण पिर्थक हुन पुग्छन त्यसैको परिणाम प्रतिकृयावादीहरूले फाइदा उठाएकाछन।यहां त साना दलका लागि ठुलो संङ्कट परेको हुन्छ किन कि देश भित्र आएका असमान कृयाकलापहरूलाई न त आफुले चाहेर रोक्न सकिन्छ न जनताहरूले सहयोग दिन्छन।अनि जुन गुटले बिरोध गरेको हुन्छ त्यसैलाई समर्थन गर्नुपर्ने हुन्छ तर त्यही गुटले ठ्याक्कै त्यो गलत कार्य गर्छ।हामिले लगातार एमसीसीको बिरोध गय्रो तर प्रतिगमन बाट देशलाई जोगाउन गरेको गठबन्धनले स्वायम एमसीसीलाई पारित गरायो।
राजमोले जति वेला ओलिले संसदलाई र दुइतिहाईको बहुमतको सरकारलाई बिघटन गरेर तेसलाई अलपत्र पार्न थालेका थिए त्यही वेलामा वामपन्थि एकताको लागि पहल गर्न आवहान गरेको थियो।स्वायम एमाले भित्रबाट ओलिलाई पाखा लगाएर वामपन्थिहरूको बिचमा गठबन्धनको सरकार बनाउन पहल गरियो तर कसैले पनि त्यो मानेनन्।लामु समय सम्म अनिश्चिताको अबस्था रहिरहंदा देशमा प्रतिगमनको खतरा महेसुर्स् गरेर नै गणतन्त्रवादीको एकया भयको थियो।तर कांग्रेसले त्यो मौका ढुकेको थियो देशको लगाम आफ्नो हातमा आउँदा बित्तिकै एम सीसीलाई पारित गरायो अहिले नागरिकता बिधायक अगाडी सारेर त्यो पनि ओलिको पद चिन्हमा हिंडेको देखिन्छ।हेर्दै जाउं प्रदेशको चुनाव पछि फेरी एस पीपी लाई पारित गराउनेछन।
यो सबै वामपन्थिहरूको अदुरदर्सियता पदलोलुपताकै कारण भएकोहो।अहिले उनै बाट वाम एकताको रटान हुंदैछ के त्यो वास्तबिक राष्ट्रियता गणतन्त्र र जनजिविकाको पक्षामा लक्षितछ वा त्यो क्यारिरिष्ट दाउँपेच हो त्यसबारेपनि सजग र सचेत हुनुपर्छ।
हामिले तत्काल देशको रक्षा र गणतन्त्रको रक्षाको लागी राष्ट्रवादी र गणतन्त्रवादी सँगको एकता मां जोड दिनुपर्छ।तर त्यो भनिरहंदा नेपाली कांग्रेसनै गणतन्त्रवादी शक्तिहो भन्ने भ्रममा पनि पर्नु गलत हुन्छ।नेपाली कांग्रेस दलाल पुंजिपती बर्गको पार्टी भयकोले यो प्रतिकृयावादी शक्तिहो जसले छिमेकीको इसारामा आफ्ना पाइला चाल्दै आएकोछ।अहिले एकातिर कांग्रेस आर्को तिर वामपन्थिहरू बारे गहन अध्यायन गर्दा प्रतिगमनको बिरोधमा र गणतन्त्रको हितमा देशभक्त वामपन्थि शक्तिहरू बिचमा एकता वा चुनावी तालमेल हुनसक्छ भने त्यो राम्रो पक्षहो।
तर ओलि जस्तै प्रतिगामी शक्ति सँग वामपन्थि एकताको नाममा गरिने गठबन्धनले देश फेरी त्यही प्रतिगामी संघारमा पुग्नेछ।जस्को हातमा पावर आउँने गर्छ त्यसैले देश भित्रको ढांचा आफ्नो स्वार्थ अनुसार अगाडी बढाएको हुन्छ।हिंजो जुन नेताले क्रान्तिका कुरा गर्दथ्यो,देशभित्र आमूलपरिवर्तन र कृषिक्रान्ति आधारभूत सर्त भन्थ्यो उस्को अबस्थामा परिवर्तन भएपछि उसैले देशको अबस्थानै परिवर्तन भयको महेसुस् गर्न पुग्छ।यि सरकारमा आलोपालो बसेका मध्य धेरै जना नेताहरूले त आफ्नो सात पुस्ता सम्म ऐयासी गर्न सक्ने धन कुमलाई सकेपछि उनिहरूलाई त समाजवादनै आयो।
यो अबस्थामा कसलाई भरपर्ने नेपाली जनताको अबस्था उस्तैछ देशको अबस्था झन जटिल भएको कुरा कसैबाट लुकेको छैन तरपनि उनै नेता सरकारमा छन उनिहरूको लागी देशमा समाजवादी ब्यबस्थानै आएकोछ।देश र जनताको हितमा कुनैछ भने मात्र अपबादको रूपमा हुनसक्छ।
यो वेलामा क्रान्तिकारीको बिच धुर्विकर्ण,र वामपन्थिहरूको बिचमा तालमेल वा एकता भन्नु पनि उस्तै उस्तै भएकोछ।
अहिले कतिपयले राजा सहितको गणतन्त्र भन्छन त्यो राजा सहितको गणतन्त्र भन्नु र हिंजो गिरिजाप्रसाद कोइरालाको “सेरेमोनियल किङ्ग “भन्नु मिल्दो जुल्दो ब्यबस्थानै हो।अहिले एउटा समाचारमा विप्लवले राजा सँग मिलेर सबै राज नीति पार्टीमाथि पर्ति बन्द लगाउनुपर्छ भनेकाछन।धेरै बर्ष पहिले हामिले संघियताको बिरोध गर्दा राजमोलाई प्रतिबन्ध लगाउनुपर्छ भनेर तत्कालिन मन्त्री गोपाल किरातीले भनेका थिए।
अनि कुनलाई कम्म्युनिष्ट वामपन्थि वा कम्युनिष्ट क्रान्तिकारी भनेर एकता गर्ने वा तालमेल गर्ने?स्वयम कम्युनिष्ट भनौदाहरूनै एकले आर्कालाई देख्न नसक्ने अबस्थामा आएकाछन।
कम्युनिष्टको नैतिकता बाट पतन भएकालाई कम्युनिष्टको उदेश्यको बारेमा केथाहा के थाहा उनिहरूलाई बर्ग शंघर्षको बारेमा।