सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराकी १३ बर्षिया बालिका रगत अभावमा अस्पतालको बेडमा छटपटाउदै

बाजुराकी १३ बर्षिया बालिका रगत अभावमा अस्पतालको बेडमा छटपटाउदै

  • शनिबार, असार २५, २०७९
बाजुराकी १३ बर्षिया बालिका रगत अभावमा अस्पतालको बेडमा छटपटाउदै

बाजुरा — जिल्लाको बडिमालिका नगरपालिका वडा न ४ रिला कि अमृता उखेडाकी १३ बर्षिय छोरी मनिसा उखेडा रगत अभावमा जिल्ला अस्पताल बाजुरामा छटपटी रहेकी छन । शरिमा रगतको कमी भएर उपचारका लागि जिल्ला अस्पताल बाजुरामा उनि रगतका लागि हार गुहार गरिरहेकी छन ।
१३ बर्षिया मनिसा उखेडालाई बी पोजेभि रगतको आबस्यकता रहेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । १ पोइन्ट ब्लड उनका आफन्तले दिएको भए पनि उनलाई अझै ४ पोइन्ट ब्लडको आबस्यक रहेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । जिल्लामा ब्लड बैकं नहुदा रगत अभावका कारण नागरिकहरु अलपत्र पर्नुका साथै समस्यमा पर्ने गरेका छन ।

अस्पतालमा ब्लोड बैङ्क नभएकाले आबश्यक परेका बेला सुत्केरी र बिरामी रगत नपाउने भएकाले समस्या भएको छ । रगत नपाएर उपचारमा समस्या र अन्यत्र लिएर सास्ति ब्यहेनु पर्ने कारण भएकाले जिल्लामा ब्लोड बैङ्कको स्थापना हुनु पर्ने स्थानियले बताएका छन् । आकस्मिक रक्तसञ्चार केन्द्र जिल्ला स्वास्थ्य कार्यलय र टाटे स्वास्थ्य चौकिमा रहेको छ । बाजुरामा अत्याधिक रक्तस्राबका कारणले ८ जना सुत्केरीको मृत्यु भइसकेको छ ।

स्वास्थ्यकर्मी कहाँ रगत नपाएपछि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीलाई गुहार माग्नु पर्ने बाध्यता रहेको छ । जिल्ला अस्पताल बाजुरा र नेपाल रेडक्रस सोसाइटीमा ब्लड बैक नहुदा यस्तो समस्या भएको हो ।

चर्चामा

सम्बन्धित समाचार