गजल!

  • शनिबार, असार २५, २०७९
गजल!

बिदेशी भरिन्छन र शन्तान वेघर हुन्छ,
यस्तो हुँदा सरकार आफै वेखबर हुन्छ।

आफ्नो आमाको यो स्वाभिमान माथी,
दुश्मनको सदियौं देखुन कु नजर हुन्छ।

चेली बेटीहरू बिक्छन बथशालामा मा,
बांच्नु भन्दा नी उनलाई मर्ने रहर हुन्छ।

जस्को छोरा श्रिमान मर्यो आन्दोलनमा,
जिन्दगी उनैको सम्झनामा निर्भर हुन्छ।

यि साशकहरूले गर्छन भ्रष्टचार देशमा
नियम कानूनको त गरिवलाई डर हुन्छ।

यो धनिको स्वर्गभित्र गरिबको नर्कनैहो,
जस्तो माछालाई पानी बिना बगर हुन्छ।

कुर्लिन्छौ कराउँछौ सधै मर्छौ सडक मा,
जुनसुकै सरकार भएपनी वेअसर हुन्छ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार