• होमपेज
  • मनोरञ्जन
  • सौगात, अर्पण र अनुपविक्रमको ‘लाखे’को ट्रेलर रिलिज

सौगात, अर्पण र अनुपविक्रमको ‘लाखे’को ट्रेलर रिलिज

  • शनिबार, असार २५, २०७९
सौगात, अर्पण र अनुपविक्रमको ‘लाखे’को ट्रेलर रिलिज

काठमाडौं — सौगात मल्ल, अर्पण थापा र अनुपविक्रम शाही स्टारर फिल्म ‘लाखे’को ट्रेलर रिलिज भएको छ ।

नेवारी परम्परामा रहेको लाखेलाई विम्बात्मक रुपमा प्रस्तुत गरिएको फिल्मको टिजरमा मुख्य पात्र चित्रित छन् । टिजरमा मुख्य कलाकार सौगात, अर्पण, अनुपविक्रम, आर्यन र प्रशान्त ताम्राकारको एक्सन दृश्यलाई ठाउँ दिइएको छ ।

सम्राट बस्नेत निर्देशित फिल्म भदौ ३१ मा रिलिज हुँदैछ । ‘लाखे’मा वर्षा राउत, सुशील सिटौला लगायतले अभिनय गरेका छन् । फिल्मको लेखन आकाश बरालले गरेका हुन् ।

सिजन अर्याल र जीएम ठकुरी निर्माता रहेको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् भने सम्पादन अर्जुन जीसीले गरेका छन् । फिल्मका कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् ।

चर्चामा

सम्बन्धित समाचार