• होमपेज
  • समाचार
  • बलात्कार गरेको आरोपमा सल्यानबाट दुईजना पक्राउ

बलात्कार गरेको आरोपमा सल्यानबाट दुईजना पक्राउ

  • शुक्रबार, असार २४, २०७९
बलात्कार गरेको आरोपमा सल्यानबाट दुईजना पक्राउ

किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सल्यानबाट दुईजनालाई पक्राउ गरेको छ । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पक्राउ पर्नेहरुमा जाजरकोट भेरी नगरपालिका–१२ बलगाड बस्ने २३ वर्षीय रमेश भण्डारी र २१ वर्षीय डिल्ली बस्नेत छन् । किशोरीलाई ठुलीआमाको घरमा सुतिरहेको अवस्थामा त्यहाँ गएर जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । इलाका प्रहरी कार्यालय राँगेचौरले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार