सुरेशकुमार पान्डे — नयाँ नयाँ सरकार बनेपछि उनिहरूले आ आफ्नै पाराको योजना बनाउंछन सो राजधानीका मेहरले पनि काठमाण्डौको फोहोर सफा गर्ने अभियानमाछन।काठमाण्डौ को फोहोर भन्दा मलाई केही बर्ष पहिले संघियताको बिरोधमा दश दिने अभियानको सम्झना आउँछ।त्यो वेलामा मैले एउटा धर्मसालामाको फोहोर सफागर्ने मौका पाएकोछुँ पानीको टेंकीमा मरेका भेगुता र बिराला कुहेका त्यही टेंकीमा पानी भरेर त्यहां खान पकाउंने र खाने गरेको देखियो।म आफैले त्यो पानीको टेंकी सफा गर्दा ति फोहोरहरू लाई फालेर त्यो पानीको टेंकीलाई सफा गरेर पानी भरेको यादछ।त्यो मात्रैहोइन त्यो ठाउमा भएका आठ दसौटा टाएलेट बाथरूम सबैमा गन्दगी भरिएको त्यो पनि हात हालेर सफागरेको याद ताजैछ।बाटोको छेंउछाउका भित्ता छि छि घुट्खा खाएर थुकेका राता राता दाग अनि कचराहरूको थुप्रो कतै सार्वजिनक पाइखाना हेर्नेलाएक थिएनन्।त्यसकारण मैले भन्न सक्छु राजधानी फोहोरको घर भयकोछ।वालेन शाहाले त्यो फोहोरलाई सफागर्ने अभियानको क्रममा उन्ले फुटफाटमा बसेर ब्यपार गर्दै गरेकाहरू सबै खाले ब्यपारीहरूलाई फुटफाटमा बसेर ब्यपार गर्न रोक लगाएकाछन।ब्यपारीको आ आफ्नै समस्यछ होला उनिहरूले त्यही फुटफाटको भरमा बालबच्चा पालेका हुन्छन।
प्रसासनको आफ्नै समस्याछ फुटफाटलाई जाम लगाए फोहोर त हुन्छनै पैदल हिंडेका आम जनमानसलाई असुबिधा पनि हुनसक्छ परिणाम कहिले काहिं सडकमा अनियन्तरण गडिहरू द्वारा हानि नोक्सानि पनि हुनसक्छ।यि दुबै आ आफ्नो ठाउमा सहिछन तर गरिब श्रमजिवीहरूलाई काम गरेर खाने ठाउँको परिपाटी मिलाउँने कामपनि सरकारको नै हो त्यसकारणले सरकारले उनिहरूको बारेमा सोंच्नुपर्ने हुन्छ।
हुन त ब्यपारीहरू द्वारा भएको फुटफाट अतिक्रमण गलत र गैर कानूनी पनि हो प्रसासनले फुटफाटमा दोकान थापेर बसेकालाई खदेड्ने अधिकार शुरक्षित हुन्छ।तर सरकारको कर्तव्य त देशमा भएका तमाम भ्रष्टचारीहरूलाई कार्वही गर्नुहो,संसदमा सिसि केमरा लाई तोड फोर्ड गराएर भ्रष्टचार गरिन्छ,देशमा अनाबस्याक रूपमा महंगी बढाएर जनताको ढाड् सेकिन्छ,बिदेशीहरूलाई कर छुट स्वदेशीलाई कर बढी लगाउने र भु माफियाहरूलाई जोगाउन ढाल बन्नेहरूलाई प्रसाशनले कार्वाही किन गर्दैन?र एउटा फुटफाटमा जिवन धान्नेहरूलाई मात्रै आफ्नो शक्ति लगाइन्छ भनेर दुःख पोखेको मात्रहो।
हामिले मकै ब्यपारिको पक्ष लिने भनेको त मानवता प्रेम,बर्गिय प्रेम वा साहनुभुती र भावनात्मक समबन्धनै हो।
अहिले कतिपय राजनीतिक पार्टी र उन्का नजिकका पत्रकार समेतले त्यसैमा राजनीति रोटी तताउँने प्रयात्न भयको देखिन्छ।
देशभित्र यो सिजनमा मकै पोलेर जिविकापार्जन गर्नेहरूको ठुलो संख्या हुन्छ,त्यो उनिहरूको बाध्यता पनि हो।देशभित्र अरू कुनै रोजगार नभयपछि उनिहरूले पेट पाल्ने बाटो त्यही अप्नाएका हुन्छन।इमानदारी सँग परिश्रम गरेर पेट पाल्नुलाई गलत भन्नपनि मिल्दैन।
कि भनि उनिहरूलाई सरकारले रोजगारको ब्यबस्था गर्नुपर्छ कि भने उनिहरूलाई फोहोर नगर्ने पटरी फुटफाट अबरूद्ध नगर्ने लगायतका सर्त वा हिदायत दिएर मकै पोल्ने वा कुनैपनि ब्यपार गर्ने ठाउँ उपलब्द गराउनुपर्छ।
भारतमा पनि ठुला ठुला वि आई पि सहर एन सि आर भित्रमा दिल्लि र गुरूग्राम फरिदा बाद जस्ता अति भिड भाड ब्यास्थ ठाउमाँ रेडा ब्यपारीहरू लाई बन्देजछ तर त्यसको बाबजुदपनि यो मकै पोल्नेहरू,नारियलको पानि बेच्नेहरू लगभग परायजसो फुट फाटमै पाइन्छन।
यद्यापी सरकारले आफै रेडीको ब्यबस्था गरेकोछ जसको लागी उनिहरूले केही रकम तिरेर प्राप्त गर्नसक्छन।उनिहरूको बिमा र बिधुत पानीको ब्यबस्था पनि सरकारले गरेको हुन्छ।स्वायम प्रसासनले बनाएको रेडा दोकान जस्तै बनाएर किरायमा आफै सरकारले दिएको हुन्छ।मकै नारियल पानी जस्ता सिजनका ब्यपारी हरूनै हुन उनिहरूले केही मैना ब्यपार गर्नेगर्छन।
हाम्रो राजधानी पनि अति ब्यस्थ ठाउँ भएकोले प्रसासनले फुटफाट बाट ब्यपारी उठाउँनु उनिहरूको मजबुरी हुन सक्छ यदि त्यसो हो भने निर्धारित ठाउमा उनिहरूलाई स्वायम प्रसासनले नै ब्यबस्था मिलाउनुपर्दछ।
मकै पोलेर बेच्नु त उनिहरूको बाध्यतानै हुनसक्छ त्यसकारणले सरकारले उनिहरूको मजबुरीलाई पनि वे वास्ता गर्नु हुंदैन।सरकारले गरिब श्रमजिविहरूको परिवारलाई रूवाएर भन्दा उनिहरूलाई बिस्वासमा लिएर फुटफाट खाली गर्नसक्नुपर्छ।मात्र दबाव र आफ्नो शक्ति देखाएर जनतामा दमन गर्नुलाई पनि सहि भन्न मिल्दैन।
यि इमानदार चरित्र भयका मजदुरहरूको समस्यपनि सरकार वा प्रसासनले सुन्दिनुपर्दछ।प्रसासन र ब्यपारीहरू आ आफ्ना ठाउमा ठिकछन।हुन त माथि भनियो प्रसासनको अधिकारको क्षेत्रपनि हो फुटफाट।गरिब जनताको त्यसमा अधिकार त छैन उनिहरूले त आफ्नो समस्य पोखेका मात्र हुन्छन।