मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • पहिरो खस्दा साफे मार्तडी सडक अबरुद्ध

पहिरो खस्दा साफे मार्तडी सडक अबरुद्ध

  • शुक्रबार, असार २४, २०७९
पहिरो खस्दा साफे मार्तडी सडक अबरुद्ध

बाजुरा–  बिहीबार राति परेको अबिरल बर्षाका कारण साँफे मार्तडी सडक खण्डको ठाउ ठाउमा पहिरो आएपछि सडक अबरोध भएको छ । सडकको ठाउँठाउँमा पहिरो खस्दा सडक अवरुद्ध बनेसंगै यातायातका साधन तथा स्थानीयलाई समेत आवतजावतमा समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएपी सुर्यबहादुर थापाले बताए ।
पहिराले बडिमालिका नगरपालिकाको पानी नाउला, बल्दे, अम्कोट, तिपाडा, बुढीगंगा नगरपालिकाको बार्जुगाड लगायतका ठाउँमा सडकको माथि र तलबाट पहिरो गएर सडक भासिए पछि यातायात सडक अवरुद्ध बनेको छन् । सकड खुलाउन प्रयास भईरहहेको छ । बार्जुगाडमा केही समयमा खुल्ने र अकोट बल्दे र तिपाडा र पानीलाउलामा डोजरले काम गरिरहेको डिएपी थापाले बताए ।
सडकको बिभिन्न ठाँउमा पहिरो गएको छ, आवतजावतमा समेत निकै समस्या भएको स्थानीयले बताएका छन् । चार देखी बल्दे क्षेत्रको बर्षा याममा सडक अबरुद्ध हुदै आएको छ । सडक जोखिम रहेको सम्बन्धित निकायलाई जानकारी भए पनि कसैले वास्ता नगरेको नागरिक जनगरिहरुले वताएका छन् । गएको बर्ष मात्र ४ महिना सडक अबरुद्ध भएको थियो ।
सडक जोखिममा हुँदा सदरमुकाम मार्तडी, बाजुराको उत्तरी क्षेत्रका चार ओटा स्थानिय तह र कणर्ाली प्रदेशका हुम्ला र मुगु कालिकोट जिल्लाका केही स्थानिय तहको आगमनमा समस्या हुने भएको छ । गत बर्षातमा सडक अबरोध हुदा यी क्षेत्रमा दैनिक उपभोग्य सामान औषधिको चरम अभाब भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार