• होमपेज
  • सुचना प्रबिधी
  • बैतडीमा अवरुद्ध ई-पासपोर्ट सेवा सुचारु

बैतडीमा अवरुद्ध ई-पासपोर्ट सेवा सुचारु

  • शुक्रबार, असार २४, २०७९
बैतडीमा अवरुद्ध ई-पासपोर्ट सेवा सुचारु

धनगढी — बैतडीमा अवरुद्ध भएको विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा सुचारू भएको छ। राहदानी जारी गर्ने सर्भरमा समस्या आएर असार १७ गतेदेखि अवरुद्ध रहेको सेवा सुचारु भएको हो।

इन्टरनेट सेवा प्रदायक संस्था सुबुसुको उपकरणमा समस्या आएर बन्द भएको ई–पासपोर्ट सेवा फेरि सञ्चालनमा आइसकेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए। बैतडीमा सो सेवा जेठ १२ गतेदेखि सुरू भएको थियो।

चर्चामा

सम्बन्धित समाचार