• होमपेज
  • देश
  • पत्रकार पाध्यायले दिए बिरामीको ज्यान बचाउँन ब्लड

पत्रकार पाध्यायले दिए बिरामीको ज्यान बचाउँन ब्लड

  • बिहिबार, असार २३, २०७९
पत्रकार पाध्यायले दिए बिरामीको ज्यान बचाउँन ब्लड

बाजुृरा — बाजुरा जिल्ला अस्पतालमा विरामी भएर भर्ना भएकी २५ वर्षीया महिलालार्ई विहाबार जिल्लामा क्रियाशिल पत्रकार देवराज पाध्यायले रगत दिएका छन ।
बडिमालिका नगरपालिका ६ कोर्ध की जानकी देवी रावलको शरिरमा रगतको मात्रा कम भएर ज्यान जोखिममा रहेकाले निज विरामीलाई थप रगत आवश्यकता परेको नेपाल रेडक्रस सोसाइटीका प्रयोगशाला इन्चार्ज जगत शाहीले बताएका छन् ।
बिरामी रावललाई दुई प्वाइन्ट रगत आवश्यक भएपछि नेपाल रेडक्रस सोसाइटीका प्रयोगशाला इन्चार्ज जगत शाहीले पत्रकार देवराज पाध्यायलाई रगत दिन आग्रपछि पाध्यायले एक प्वाइन्ट रगत दिएका छन । विरामीको शरिरमा रगत कमी भएपछि जिल्ला अस्पताल बाजुरामा भर्ना गरिएको अस्पतालले जनाएको छ । जानकी देवी रावल लाई बुधबार बारीमा काम गरिरहेको अवस्थामा एक्कासी रक्तश्राव हुँदा सहरी स्वास्थ्य केन्द्र कोर्धमा उपचारका लागि लगिएको थियो । त्यहाँ उपचार सम्भव नभए पछि उपचारका लागी जिल्ला अस्पताल बाजुरामा ल्याएका थिए ।
जिल्लाबाट रिर्पोटिङ गर्दै मध्ययन्ह राष्ट्रिय दैनिक पत्रिकामा कार्यरत र नेपाल पत्रकार महासंघ बाजुराका सदस्य पाध्यायले सेवाका रुपमा एक प्वाएन्ट रगत दिएको बिरामीका आफन्तले बताएका छन । जानकीलाई अझै एक प्वाइन्ट रगत आवश्यक जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार