• होमपेज
  • अन्तर्राष्ट्रिय
  • बेलायती प्रधानमन्त्री जोन्सनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने

बेलायती प्रधानमन्त्री जोन्सनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने

  • बिहिबार, असार २३, २०७९
बेलायती प्रधानमन्त्री जोन्सनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने

काठमाडौं — बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने भएका छन् ।

शरद ऋतुसम्म प्रधानमन्त्रीमा भने रहिरहने उनले बताए । पछिल्लो समय एकपछि अर्को मन्त्रीले राजीनामा दिएपछि जोन्सनमाथि सरकार छाड्नुपर्ने दबाव बढेको थियो ।

तर उनले प्रधानमन्त्रीको साटो पार्टी नेताबाट राजीनामा दिने तयारी गरेका हुन् ।

यौन दुर्व्यवहारमा संलग्न रहेका व्यक्तिलाई उनको विगतबारे जानकारी हुँदा हुँदै पनि नियुक्ति दिएको पाइएपछि जोन्सनको कार्यक्षमतामाथि प्रश्न उठाउँदै केही मन्त्री र सरकारका सहयोगीहरुले राजीनामा दिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार