• होमपेज
  • देश
  • बुढीगंगामा आज पुनः मतदान हुँदै

बुढीगंगामा आज पुनः मतदान हुँदै

  • बिहिबार, असार २३, २०७९
बुढीगंगामा आज पुनः मतदान हुँदै

बाजुराको बुढीगंगा नगरपालिकामा आज पुनः मतदान हुने भएको छ । बुढीगंगामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएको छ।

बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यलय बाजुराले जनाएको छ ।

निर्वाचनलाई मर्यादित रुपमा सम्पन्न गर्न प्रारम्भिक व्यवस्थापकीय कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार पुनः हुने निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार