सुरेशकुमार पान्डे — सबै ब्याक्तिको भित्र प्रतिभाको खानी हुन्छ।हामिले वेला वेलामा भोगेका झटाराहरू दुःख सुखका पलहरू,जिवनमा आइपरेका तगारा र उल्झनहरूका साथै प्राकृतिक राजनीतिक र सामाजिक घटनाहरूलाई तिखारेर हामिले लेख, कथा,कविता,गित, गजल,मुक्तक लगायतका बिधाहरूमा ढालेका हुन्छौं र हामि मध्यका थुप्रै रचनाकारहरूले कल्पना गरेर पनि निर्माण गरेकाहुन्छौं।
हामि सबै सँग थोरै धेरै प्रतिभाहरू हुन्छन मात्र त्यसलाई निखार्ने कला हुनुपर्छ।हामिले देखेका छौं एउटा फिलम बनाउंदा कथा कसैले लेख्छ कसैले डारेक्सन गर्छ कसैको निर्देशन हुन्छ कसरी बोल्ने कुन दृश्यमा कुन शब्द प्रयोग गर्ने याबत बिषयमा छलफल गरेर मात्र फिलम बनाउँछन।त्यही प्रकारले एउटा गितमा शब्द सङ्कलन र साज सङ्गित हरू जुटाएर पछि त्यो गित बन्छ।
लेख रचना प्रकासन गर्नु ठुलो कुराहोइन तर लेखकको लेख लेख्ने उदेश्य केहो हाम्रो लेख रचनाले समाजमा कस्तो असर पर्छ र लेखकको चरित्र कस्तोछ त्यसमा पनि हामीले ध्यान दिनुपर्छ।
एउटा पत्रिकाले सिङ्गो पार्टी संगठन र समाजको प्रतिनिधित्व गर्ने भएकोले त्यो पत्रिका सँग जोडिएका ब्याक्तिहरूको चरित्र ब्याक्तिगत आचरणको बारेमा पनि हाम्रा सम्पादक र आयोजकहरूको ध्यान जानुपर्दछ।
अहिले ठाउँ ठाउमा धेरै रचनाकारहरूले आ आफ्ना रचनाहरू प्रदर्शन गरेका छन।राम्रो पक्षहो यदि हामि लेख्न पढ्न र अध्यायन गर्न थालेकाछौं भने पक्कै पनि हामिले राम्रो बाटो छोप्ने प्रयासमाछौं।मानिसले राम्रो बाटो नछोप्नु भनेको नराम्रो बिचारलाई समर्थन गर्नु जस्तैहो।
संगठमा केहि बर्ष काम गरेकोछ भन्दैमा त्यो सहिछ भनेर पनि दावा गर्नु मिल्दैन किनकी समाज भित्रपनि बिभिन्न खालका मानिस हुनसक्छन।धेरै पढेलेखेका जानकार हरू पनि समाजका दुश्मन वा भ्रष्टचारमा लिप्त र संगठनलाई उपयोग गर्ने खालका हुनसक्छन भन्ने कुरालाई पनि ध्यान दिनैपर्छ।
कतिपय अबस्थामा कतिपय लेखकहरू उपयोग पनि हुनेगरेको देखिन्छ।जब निर्दलिय पञ्चायती ब्यबस्था थियो त्यो वेला प्रगती सिल लेखकहरू प्रयाजसो भुमिगत हुनुपर्दथ्यो पञ्चायतको बिरोध गरेर लेख्ने लेखकहरू थिएनन वा भुमिगत भएर लेख्थे।जब बहुदल आयो पञ्चायती ब्यबस्थाको पक्षमा लेख्नेहरू पनि भुमिगत भयो वा त्यही ब्याक्ति अब बहुदलको पक्षमा लेख्न थाल्यो।बिचमा राजाले जनाधिकारको घांटी निमुठे त्यो कटर बहुदलको पक्षमा लेख्ने पनि राजाको पक्षमा लेख्न थाल्यो त्यसता पत्रकार लेखक आ आफ्नो क्यारियर बनाउन जुनसुकै खेमाको पड्ला भारिभयो त्यतै हामफाल्छन।जसले समाज बिकासको हितमा लेख्छ त्यसलाई सत्ता परिवर्तनले कुनै असर पर्दैन बरू अन्याय हत्याचारको बिरूद्धमा झन धारिलो बनेर अगाडी बढेको हुन्छ।
लेखकको राम्रो लेख छ शुद्ध लेख्न जानेकोछ भनेर मात्र उस्को लेखलाई प्राथमिकता दिनु भनेको एउटा रिक्स पनि हुन सक्छ तर ब्याक्तिको चरित्र ठिकछ लेख राम्राछन तरपनि अशुद्धछन भने ति असुद्ध शब्दहरूलाई ठिक गरेर उस्को प्रतिभालाई जनताको बिचमा पुराउने पत्रकार समाज वा संगठनको जिम्मेवार हुन्छ।समाजमा राम्रो र रचनात्मक बिचारलाई पुराउनु हाम्रो कर्तव्य पनिहो।
हामिसबैले लेखकको ब्याक्तिगत चरित्रमा पनि ध्यान अनिवार्य दिनुपर्छ।
वास्तबमा हामिले देशको हितमा जनतान्त्रिक र जनजिविकाको पक्षमा लेख्ने लेखक जस्को ब्याक्तिगत आचरणपनि सहिछ त्यस्ता खाले ब्याक्तिलाई आफ्नो पत्रिकामा ठाउँ दिएर उस्को सधैभरी होसला बढाइदिनुपर्छ।
तर आजको अबस्थामा जस्तो सुकै आचरणको ब्याक्ति भयपनि यदि आफ्नो पार्टी वा संगठनको गुणगाण गरेर लेख्छभने त्यो ब्याक्तिको लेख पहिलो पेजमा राखेका हुन्छन यसो गर्नु भनेको अन्धभक्तहरूको भिड जम्मा गरेर आफ्नो बिरासत कायम राख्नुनै हो।त्यो ब्यबहार लामू समय सम्म टिक्दैन।त्यस्तो ब्यबहारले समाजमा त्यस्ता ब्याक्तिहरूलाई अगाडी सारेको हुन्छ जो सामाजिक अप्राधीहो।त्यो गतिबीधिले देशमा समाजमा अराजक प्रबृतिलाई निम्ताएको हुन्छ।यसबारेमा पनि खुब राम्रैगरी बिचार पुराएर पत्रिकामा लेख छाप्दिनुपर्छ।अहिले अनलाइन पत्रिकाहरू ब्यापक रूपमा सञ्चालित छन जो निरन्तर लेख रचनाहरू पस्कि रहेका हुन्छन तर उनिहरूले जस्को लेख निरन्तर समाजमा पस्केकाछन त्यस ब्याक्तिको बारेमा ‘ब’पनि जानेका छैनन् भने त्यो गलत हुनेछ।कतिपय वेला कुनै अप्राधी समेतलाई ढाल बनाएर जोगाउन पुग्नेछन।अहिले पार्टी संगठनका पेसेवर समेत पेसाका लागी लागेका मध्य धेरैछन त्यसकारणले पनि उनिहरूलाई सङ्का र बिस्वासको आधारमा मुल्यांकन गर्नुपर्छ।
हामिले मानिस भित्रको प्रतिभालाई केलाउंनै पर्छ तर उस्को ब्याक्ति चरित्र र बर्गिय चरित्रकोपनि मूल्यांकन गर्दा धेरै राम्रो हुनेछ।