• होमपेज
  • समाचार
  • बझाङमा बिधुत सेवा अवरुद्ध

बझाङमा बिधुत सेवा अवरुद्ध

  • बुधबार, असार २२, २०७९
बझाङमा बिधुत सेवा अवरुद्ध

अर्थ जङ शाही/बझाङ — बझाङमा २१ घण्टा देखि विद्युत सेवा अवरुद्ध भएपछि बझाङबासी अन्धकारमा परेका छन् । मंगलबार दिउँसो ४ बजेदेखी अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईन अझै सञ्चालनमा आउन नसक्दा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईन संग जोडिएका बझाङका अधिकांश उपभोक्ताहरु मर्कामा परेका हुन् ।

जिल्लाका सबै ठाउँमा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रले जनाएको छ । बित्थडचिर गाउँपालीकाको लिम र स्याँडिमा विद्युत प्रसारण लाइनको पोलहरुमा समस्या आएका कारण विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण बझाङ वितरण केन्द्रका प्रमुख हरेन्द्रराय यादवले बताए । प्रसारण लाइनको १०÷१२ वटा पोलहरुमा समस्या देखाएको र अवरुद्ध विद्युत् सेवा सुचारु गर्न प्राविधिक टोली खटिएको उनले बताए ।

मंगलबार दिउँसोदेखि विद्युत सेवा अवरुद्ध हुँदा निकै समस्या भएको सेवाग्राहीले बताएका छन् । विद्युत सेवा अवरुद्ध हुँदा यहाँका सञ्चारमाध्यम, मोबाइल चार्ज गर्न समस्या, विद्युतीय उपकरण चलाउन सकिएको छैन् । विद्युत नहुँदा यहाँका केही रेडियो, एफएमको प्रसारणसमेत रोकिएको छ ।

चर्चामा

सम्बन्धित समाचार