मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • राजनीति
  • प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित

  • बुधबार, असार २२, २०७९
प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक बुधबार २ बजेसम्मका लागि स्थगित भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक एमालेले अवरुद्ध पार्ने भएपछि सहमतिको प्रयासस्वरुप दलहरुबीच आन्तरिक छलफल भएपछि सहमति जुट्न नसकेपछि २ बजेसम्मका लागि स्थगित भएको हो । संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले विशेष कारणले बस्न नसक्ने भएकोले समय परिवर्तन गरिएको बताए ।

‘आज मिति २०७९ साल असार २२ गते बुधबार बिहान ११ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखज्यूले उक्त बैठक आजै दिनको २ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

आफूमाथि उठेको प्रश्नबारे अर्थमन्त्री जनार्दन शर्माले संसदमा जवाफ दिन चाहेका छन् । तर, एमालेले एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने अडान लिएको छ । एमालेले बजेट निर्माणका बारेमा अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै आएको छ ।

‘एमालेले विरोध गर्छ, अर्थमन्त्रीलाई बोल्न दिँदैन’, एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने,‘हामीले प्रधानमन्त्रीको जवाफ र संसदीय छानविन समिति बनाउन माग गरेका हौं,अर्थमन्त्रीको जवाफ खोजेका होइनौ ।’

चर्चामा

सम्बन्धित समाचार