• होमपेज
  • समाचार
  • झापामा ५ दिनमा २ हात्ती मृत भेटिए

झापामा ५ दिनमा २ हात्ती मृत भेटिए

  • बुधबार, असार २२, २०७९
झापामा ५ दिनमा २ हात्ती मृत भेटिए

विराटनगर — झापामा पाँच दिनको अन्तरमा दुई वटा हात्ती मृत भेटिएका छन् ।

असार १७ गते बुद्धशान्ति गाउँपालिका-५ को आयाबारीमा हात्ती मृत भेटिएको थियो ।बुधबार अर्जुनधारा नगरपालिका ५ मा अर्को हात्ती मृत भेटिएको हो ।

दहिझोडा खोला किनारमा दाह्रे हात्ती मृत भेटिएको हो । असार १७ गते पनि दाह्रे हात्ती नै मृत भेटिएको थियो ।

हात्तीको मृत्युको कारण खुल्न सकेको छैन । यसअघि मृत भेटिएको हात्तीको मृत्युको कारण पनि खुलेको छैन ।

चर्चामा

सम्बन्धित समाचार